कतारपछि अव युएईको बजारमा नेपाली तरकारी

डिसी नेपाल
१७ भदौ २०७६ १२:३६

काठमाडौँ । नेपालमा उत्पादन भएको तरकारी युएईको बजारमा पुगेको छ । युएईको अल समन इन्टरनेसन प्रालीले नेपालमा उत्पादित तरकारी युएईको बजारमा पुर्याएको हो ।

अल समन इन्टरनेसन प्रालिका कल्याण घिमिरेले सेप्टेम्बर ४ तारिख बुधवारदेखि नेपाली तरकारी युएईको व्यापारिक मलमा विक्रिको  लागि राखिने बताए।

त्यसका लागि युएईको शारजहामा रहेको सफारी मलको तरकारी डिपार्टमेन्टमा नेपाली तरकारीको स्टल उद्‌घाटन कार्यक्रम पनि रहेको उनले बताए । उनले नेपालमा उत्पादित गुन्द्रुक, तितेकरेला, अकबरे खुर्सानी, तामा, सिमी, मुलालगायतका तरकारी बिक्रीका लागि मलमा राखिने जानकारी दिए।

नेपाली महिलाको लगानीमा सञ्चालित अल समन इन्टरनेसन प्रालिले दुई वर्षदेखि कतारमा नेपाली तरकारी निर्यात गर्दै आइरहेको छ । अहिले कतारमा प्रतिहप्ता दश हजार केजी तरकारी बिक्री भइरहेको घिमिरेले जनाए ।

नेपालमा उत्पादित कृषि जन्यवस्तु विदेशमा निर्यात गरेर नेपाली किसानलाई आत्मनिर्भर बनाउने र नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने कम्पनीको योजना रहेको घिमिरेले बताए । त्यस्तै आगामी केही वर्षसम्म कम्पनी नाफा भन्दा सेवा र उत्पादन मुलुक कार्यमा लाग्ने घिमिरेको भनाई छ।

 




प्रतिक्रिया

One thought on “कतारपछि अव युएईको बजारमा नेपाली तरकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *