नयाँ दिल्लीमा मनाइयो हरितालिका तीज तथा गौरापर्व 

डिसी नेपाल
१८ भदौ २०७६ ११:२०

नयाँ दिल्ली । आइतबार २०७६, भाद्र १५ गतेका दिन राजधानी दिल्ली तीज लहरले तरङगित भएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको  दरखाने विशेष दिन आइतबार  भारतमा बिदा परेकाले दिल्लीमा क्रियाशील रहेका करिव १० वटा नेपाली संघसंथाहरुले दिल्लीको अलगअलग ठाउँमा कार्यक्रमको  आयोजना गरिएको थियो।

सोही अवसरमा प्रवासी नेपाली हेल्प मिसनले राजधानी दिल्लीको ओखला हरकेश नगरको समुदायक हलमा गौरापर्व र तीजको शुभकामना आदान प्रदान कार्यक्रमसँगै आफ्नो चौथो गौरा पर्व सांस्कृतिक महोत्सव धूमधाम पूर्वक मनाएको छ।

प्रवासी नेपाली हेल्प मिसनका अध्यक्ष अर्जुन दयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  नेकपा केन्द्रिय समिति सदस्य महादेव यादव प्रमुख अतिथि रहेका थिए।

भारत प्रवासमा कार्यरत संस्था अखिल भारत नेपाली एकता मन्च भारत, प्रवासी नेपाल संघ भारत, मेची महाकाली जागरण अभियान भारत, दलित एकता सञ्जाल नेपाल भारत, सुदूरपश्चिमेली नेपाली समाज भारत, सनराइज  बैंक, साझा दलित विद्यार्थी मंच नेपाल, अल इन्डिया टायक्वोंडो  दोजांग, सुदूरपश्चिमेली सेवा समाज दिल्ली, महिला सशक्तीकरण अभियान भारत, लगायत दर्जनौँ संघ संस्थाहरुका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो संस्कृति हाम्रो सान’ भन्ने कार्यक्रमको मूलनाराका साथ ‘सेवा नै धर्म’ उद्देश्य रहेको संस्थाले प्रवासमा गरिव, असहाय, पीडित नेपालीहरूको सहयोगमा  विशेष योगदान दिदैँ आइरहेको छ।

तीज तथा सुदूरपश्चिमेली कलासंस्कृति झल्किएको कार्यक्रममा लोक दोहोरी, देउडा, छलिया नृत्य मुख्य आकर्षण रहेको थियो। नेपालदेखि आएकी मोडल तथा डान्सर  झरना बोहराको दमदार प्रस्तुतिका साथमा पुजा बिकले आफ्नो नृत्य मार्फत समाजमा विद्यमान जातीय कुरीति र भेदभावलाई  अन्त्य गर्नु पर्ने सन्देश दिएकी थिइन्।

सुरत दयाल र पदम दयालले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा भारतका विभिन्न राज्यसहित राजधानी दिल्ली एनसीआरदेखि ३० भन्दा बढी कलाकारहरूको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *