रूस–यूक्रेनबीच ७० कैदीबन्दीको आदानप्रदान
किभ (रासस/एएफपी) । रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदान गर्ने महत्वपूर्ण सहमतिपछि उनीहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया अन्तर्गत ७० कैदीहरूलाई रूसको राजधानी मस्को र यूक्रेनको राजधानी किभस्थित विमानस्थलमा शनिबार उनीहरूलाई अवतरण गराइएको छ ।
यूक्रेनी ३५ कैदीबन्दीलाई लिएर गएको रूसको विमानलाई यूक्रेनी विमानस्थलमा ओरालिएका थियो भने त्यति नै रूसी कैदीलाई लिएर गएको विमान रूसको राजधानी मस्कोमा अवतरण गरी कैदीहरूलाई सम्बन्धित देशका अधिकारीको उपस्थितिमा कैदीको आदानप्रदान गरिएको एएफपीका किभस्थित समाचारदाताले बताएका छन् ।
दुबै देशका कैदी विमानस्थलमा झरेको दृष्यलाई त्यहाँका टेलिभिजनद्वारा प्रत्यक्ष देखाएका थिए ।
यसैबीच, कैदीहरूको आदानप्रदान गर्ने रूस र यूक्रेनको निर्णयलाई अमेरिका, जर्मनी र फ्रान्सले प्रसंशा गरेका छन् ।
जर्मन चान्सलर एन्जेला मर्केलले उक्त घटनालाई ‘आशाको सङ्केत’ का रूपमा उल्लेख गरेकी छन्। उनले सन् २०१५ मा पेरिस र बर्लिनमा भएका युद्धविराम सम्झौतालाई पूर्ण कार्यान्वयनमा लान आग्रह गगरेकी छन्। उनले भनिन्, “रूस र यूक्रेनबीच कैदीबन्दी आदानप्रदानको कार्यले आशाको सङ्केत गरेको र उनीहरूले मिन्स्क सम्झौतालाई कार्यान्वयनमा लान कडा गृहकार्य गर्नेछन् ।”
त्यस्तै फ्रान्सले शनिबार भएको कैदीबन्दी हस्तान्तरणले शान्तिको बाटो खुला गरेको बताएको छ । फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले एक विज्ञप्ति जारी गरी भने, “यो रूस र यूक्रेनी अधिकारीको वार्ताका लागि व्यक्त इच्छाशक्ति हो । उनीहरूले छिट्टै नयाँ तथा ठोस प्रगतिको उचाई लिउन् ।”
यस्तै यूक्रेनका लागि अमेरिकी विशेष दूत कुर्त भोकरले भने, “कैदीहरूको आदानप्रदानले ती मुलुकहरूमा शान्तिको आशा पलाएको छ । यसले थप बन्दीहरूको रिहाईको आशा, नयाँ युद्धविराम र मिन्स्क सम्झौताको पूर्ण कार्यान्वयन हुनेतर्फ आशावादी बन्न सकिन्छ ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment