चीन भ्रमणपछि मर्केल स्वदेश फिर्ता, भ्रमण उपलब्धिपूर्ण भएको भनाई

डिसी नेपाल
२१ भदौ २०७६ २२:३१

बेइजिङ (रासस/सिन्ह्वा) । जर्मनीका चान्सलर एङ्गेला मर्केल चीनको दुई दिने भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएकी छन् । जर्मनीको चान्सलरमा नियुक्त भएयता १२ पटकसम्म चीनको भ्रमण गरिसकेकी मर्केलको भ्रमणले चीन जर्मनीबीच सहकार्यका नयाँ सम्भावनालाई स्वागत गरेको उल्लेख दुबै देशका अधिकारीहरूले गरेका छन् ।

भ्रमणबाट चीन र जर्मनीबीचको सम्बन्धको घनिष्टता र महत्वलाई थप पुष्टि गरेको बेइजिङले बताएको छ । उनको भ्रमणबाट श्रृंखलाबद्ध आर्थिक तथा व्यापारिक सहयोग उपलब्धि भएको बताइएको छ ।

दीर्घकालदेखि चीन र जर्मनीबीचको सम्बन्ध पनि चीन र अन्य पश्चिमा मुलुकसँगको सम्बन्धहरुजस्तै अगाडि बढ्दै गएको छ । वर्तमान विश्व परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा यी दुबै मुलुकबीचको सम्बन्धको विकास सारा विश्वको शान्ति तथा स्थिरताका लागि हितकर हुने मर्केलले बताएकी छन्। चान्सलर मर्केलको यस भ्रमणको लक्ष्य चीनसँगको आर्थिक सहयोगलाई गहन पार्नु नै भएको बताइएको छ ।

मर्केलद्वारा व्यक्त एक भनाईलाई उल्लेख गर्दै चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्, “अन्य मुलुक जस्तै चीनसँग पनि विकासको अधिकार छ । चीनको विकास प्रगतिमा बाधा सिर्जना हुँदैन ।”

उनले थपिन्, “चिनियाँहरुले राम्रो जीवन पाउनु नै सारा विश्वका विभिन्न मुलुकको हितसँग अनुकूल छ । यो चीनलाई सम्झना गर्ने राजनीतिज्ञले चीनको विकासका लागि गर्नुभएको एक उचित मूल्याङ्कन हो ।”

सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले हालै दिएको जानकारीअनुसार सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा चीनमा जर्मनीको लगानी एक अर्ब १७ करोड अमेरिकी डलरले वृद्धि भएको र द्विपक्षीय व्यापारमा २।४ प्रतिशतले वृद्धि भई झण्डै एक अर्ब सात करोड अमेरिकी डलर पुगेको छ ।

त्यस्तै चीनले जर्मनीमा सोही समयमा एक अर्ब १ करोड अमेरिकी डलर लगानी गरेको र यो अघिल्लो बर्षको तुलनामा २७.६ प्रतिशतको वृद्धि हो ।

जर्मनीका लागि चीन लगातार तीन वर्षसम्म सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । जर्मनीका कम्पनीहरूका लागि चीन एक मन पर्ने गन्तब्यका रूपमा रहेको काओले उक्त अवसरमा बताए।

सन् २०१८ मा चीन र जर्मनीबीचको द्विपक्षीय व्यापार ९.४ प्रतिशतले वृद्धि भएको थियो जुन अहिलेसम्मकै उच्च दर हो । यसबाट दुई देशबीचको कारोबार एक खर्ब ८३ अर्ब ९० करोड पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *