उडिरहेको विमानको शौचालयमा जोडी ! अर्का यात्रुले भिडियो खिचेर सार्वजनिक गरिदिए

डिसी नेपाल
२२ भदौ २०७६ १२:४६

एजेन्सी। एक विमानको शौचालयभित्र एक जोडी साथमा भित्र थिए । विमानका केही यात्रु शौचालय जान प्रतिक्षारत थिए । यत्तिकैमा ढोका खुल्यो र उनीहरु एकसाथ बाहिर निस्किए । उनीहरु दुवैले एउटै किसिमको कपडा लगाएका थिए । सोही विमानमा यात्रा गरिरहेका अर्का यात्रुले खिचेर सार्वजनक गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

अमेरिकाका चर्चित भलिवल खेलाडी स्टेफर्ड स्लिकले यो घटनाको भिडियो सार्वजनिक गरेका छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । स्टेफर्डले घटना कहिलेको हो र कुन फ्लाइटको हो भन्नेबारे केही पनि खुलाएका छैनन् । इन्स्टाग्राममा उनले भिडियो सार्वजनिक गर्दै पहिलोपटक फ्लाइटमा जोडी नै एकैपटक बाथरूमबाट बाहिर आएको देखेको जनाएका छन् । ३४ वर्षिय भलिवल खेलाडीका अनुसार, केही महिलाहरु त्यतिबेला बाथरूम जानका लागि प्रतिक्षारत थिए । बाथरूमबाट त्यो जोडी बाहिर निस्कदा भने कसैले केही भनेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *