संयुक्तराज्य अमेरिकामा आएको डोरियन आँधीबाट २५ सय बेपत्ता

डिसी नेपाल
२६ भदौ २०७६ १६:३९

एजेन्सी । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ।

यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन्। उनीहरुले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्।

गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो। थप केही शवहरु भेटिए पछि मृतकको सङ्ख्या ५० पुगेको बुधबार बताइएको छ।

बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताएका थिए। आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *