ब्राजिलको एक अस्पतालमा आगलागी हुँदा १० जनाको ज्यान गयो

डिसी नेपाल
२७ भदौ २०७६ २१:०९

रियो दि जेनेरियो (रासस/एएफपी) । ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ।

अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागी भएपछि अन्य विरामीलाई अन्यत्र सारिएको छ।

‘आगलागीको घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ,’ रियो दि जेनेरियो अग्नी विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

वक्तव्य अनुसार आगलागी भएको अस्पतालका विरामीहरूलाई उत्तरी सहरमा रहेको बादिम अस्पतालमा लगिएको छ।

अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागी भएको प्रारम्भिक विवरण आएको छ।

आगालागीबाट पीडित हुनेमा अस्पतालमा रहेका विरामी र कामदार रहेका छन्। घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *