भारतको बेंगलोरमा एक नेपाली युवकको मृत्यु

डिसी नेपाल
२९ भदौ २०७६ १७:३८

बैतडी । रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका एक नेपाली युवकको पानीको ट्याङ्कीमा खसेर ज्यान गएको छ । ज्यान गुमाउनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएर हाल कञ्चनपुरको झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत जोशी रहेका जनाइएको छ ।

शनिबार राति काम सकेर कोठातिर जाने क्रममा पानी ट्याङ्कीमा खसेर जोशीको मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज, भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए । मृतक जोशी एक महिना अगाडि मात्रै रोजगारीका लागि भारतको बेंगलोर गएका थिए । जोशीको शव परीक्षणपछि भारतमै दाहसंस्कार गरिसकिएको सुदूरपश्चिमेली नेपाली समाजका संस्थागत अध्यक्ष कपाडीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *