दिल्लीमा ‘सैन्डाडा मेला महोत्सब’ भव्य रुपमा सम्पन्न

डिसी नेपाल
३० भदौ २०७६ ०:४१

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा ‘सैन्डाडा मेला महोत्सब’ भव्य रुपमा सम्पन्न भएको छ।

शनिवारका दिन सम्पन्न भएको सो महोत्सवमा प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य अफिलाल ओखेडाले रहेका थिए भने विशिष्ट अथितिको रुपमा माईकल क्षेत्री,  प्रधान ३६० चौधरी राम करन सोलंकी, जाट महासभा पूर्व अध्यक्ष जोगेन्दर मोरलाई पनि अतिथिको रुपमा आमन्त्रण गरेको थियो।

सुदूरपश्चिमेली समाज भारतको आयोजनामा सञ्चालन भएको सैन्डाडा मेला महोत्सवमा प्रमुख अतिथिको स्थानबाट बोल्दै संविधानसभा सदस्य ओखेडाले नेपाली जता गयो उतै संस्कृति गएको भन्दै प्रशंसा गरे।

उनले भने, ‘नेपालीहरु जुन ठाउँमा गएपनि आफ्नो संस्कार र संस्कृतिलाई विदेशमा बसेर पनि हुबहु पस्कनु संस्कृतिलाई जोगाउनु हो।’

यसरी आफ्नो कल्चरलाई विदेशमा पनि देख्न पाउँला निकै हर्षित भएको बताए। कार्यक्रमका सभापति राजेन्द्र रोकाया ‘जिम्माल’ले नेपालीहरुले जता गएपनि आफ्नो संस्कृतिलाई उजागर गर्न सधैं तत्पर भएको प्रशंसा गरे।

उनले भने, ‘एउटा सानो कार्यक्रममा पनि प्रवासमा भएका नेपालीहरुले दिल खोलेर सहयोग र सहभागिता जनाउनु संस्कृतिलाई उचाईमा पुर्याएको महशुष गरेको छु।

सुदूरपश्चिम समाज भारत यहाँहरुप्रति धेरै धेरै आभार व्यक्त गर्छ’ उनले भने। त्यस्तै कार्यक्रमको सञ्चालन गजेन्द थापाले गरेका थिए।

केन्द्रीय र राज्य समिति सूदूरपश्चिम समाज दिल्लीमा भएका सबै संस्थाहरू, राजनीतिदलका प्रतिनिधि, पत्रकार, दिल्ली हरियाणा, पन्जाब वेङ्लोर, प्रबासबाट आएका सबै नेपाली दाजूभाई कार्यक्रम सफल बनाएको आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *