निर्वाचनको सङ्घारमा इजरायलद्वारा वेस्ट बैंकमा २ नयाँ वस्ती बनाउने घोषणा

डिसी नेपाल
३० भदौ २०७६ ६:२८

जेरूसेलम । जेरूसेलम इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको सरकारद्वारा निर्वाचनको सङ्घारमा आएर वेस्ट बैंकमा दुई नयाँ वस्ती बसाल्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

यसलाई प्रधानमन्त्री नेतन्याहुले निर्वाचनमा आफ्नो पक्षमा मत तान्ने रणनीति भनी कतिपय इजरायली विश्लेषकहरूले बताएका छन्।

आगामी दुई दिनपछि इजरायलमा आम निर्वाचन हुँदैछ । नेतन्याहुको मन्त्रीपरिषद्ले जोर्डन उपत्यकाको मेभुत येरिको, जसलाई प्यालेष्टिनीहरूले आफ्नो भूमि भएको दावी गर्दै आएका छन्, मा वस्ती बसाल्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

नेतन्याहुले गत हप्ता जोर्डन उपत्यकालाई जोड्ने भनी गरेको प्रतिवद्धता अनुरूप पछिल्लो निर्णय आएको हो ।

यद्यपि यस कदमलाई अन्तराष्ट्रिय कानूनले गैरकानूनी ठहर गरेको छ भने इजरायलले यसलाई अनुमोदन गरेको र नगरेको भनी छुट्टाएको छ ।

आइतबार नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, “मन्त्रीपरिषद्ले मेभुत येरिचोमा वस्ती बसाल्ने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।”

यसैबीच प्रधानमन्त्री नेतन्याहुले वेस्ट बैंकमा वस्ती विस्तार गरिने र यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समन्वयमा अघि बढाइने बताएका छन् ।

नेतन्याहुको वस्ती विस्तारसम्बन्धी पछिल्लो योजनालाई गत हप्ता नै प्यालेष्टिनी, यूरोपेली संघ तथा संयुक्त राष्ट्र संघले आलोचना गरेका छन् ।

नेतन्याहुले जोर्डन उपत्यकामा वस्ती विस्तार गर्ने योजना जेरिकोजस्ता प्यालेष्टिनी शहरहरूमा नभएको तर इजरायली भूमिलाई घेर्ने रणनीति अनुसार अघि सारिएको प्रतिक्रिया दिएका छन् ।

पूर्व सैन्य प्रमुख वेन्नी गान्जसँग कठीन प्रतिस्पर्धामा रहेको मानिएका नेतन्याहुले गान्जकोे नीलो र सेतो मध्यपन्थी गठबन्धन र दक्षिणपन्थी राष्ट्रवादी मतलाई आफ्नो पकडमा पार्ने उद्देश्यबाट वस्ती विस्तारको रणनीति आएको इजरायली राजनीतिक विश्लेषकहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *