मृगौलापीडित गुरुङलाई जनसम्पर्क समिति ओमानको आर्थिक सहयोग

डिसी नेपाल
३० भदौ २०७६ १०:४७

मस्कट, ओमान । नेपाली जनसम्पर्क समिति ओमानले मृगौला पीडित कमल बहादुर गुरुङलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।

नेपाली जनसम्पर्क समिति ओमानले स्याङ्जाको चापाकोट नगरपालिका वार्ड नम्बर ७ बङराति निवासी कमल बहादुर गुरुङलाई ४० हजार नेपाली रुपैयाँ सहयोग गरेको हो । दुबै मृगौला फेल भई मृत्यु उपचार गराईरहेका गुरूङलाई उनकी पत्नीले मृगौला दिएकी छिन्।

उपचारको लागी आर्थिक अवस्था कमजोर भएकाले नेपाली जनसम्पर्क समिति ओमानले गुरूङलाई बचाउ अभियान सुरु गरेको थियो। समितिको मेम्बर तथा सहयोगी हातहरूबाट उठेको ४० हजार रूपैयाँ उपचाररत सहिद गंगालाल अस्पतालमा गुरुङकी पत्नी माया गुरूङलाई नेपाली जनसम्पर्क समिति ओमानकी केन्द्रीय सदस्य विमला पौडेलले सहयोग रकम हस्तान्तरण गरेको महामन्त्री नवीन पङ्गेनीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *