नाबालिग किशोरीहरुलाई फसाएर बनाइँदैछ अश्लील भिडियो, २२ हजार भिडियो भेटिए

डिसी नेपाल
३० भदौ २०७६ १७:५४

काठमाडौं। इन्टरनेटमा नाबालिग किशोरीहरुलाई फसाएर वेबक्यामबाट उनीहरुको अश्लील भिडियो बनाइने गरेको फेला परेको छ । ठूलो परिमाणमा यस्ता अश्लील भिडियो भेटिएपछि यको खुलासा भएको हो । इन्टरनेट वाच फाउण्डेशनका अनुसार यस वर्ष मात्र यसरी बनाइएका २२ हजार भिडियो भेटिए जलाई इन्टरनेटबाट हटाइएको छ ।

बेलायती मिडिया टेलिग्राफका अनुसार इङल्याण्डका ११ देखि १३ वर्षका नाबालिग किशोरीहरुलाई अश्लील भिडियो बनाउन बाध्य पारिएको छ । कैयौं पटक किशोरीहरु यस्ता भिडियो यो सोचेर बनाउँछन् कि त्यो भिडियो उनको ब्वाइफ्रेण्ड वा कुनै खास समूहका व्यक्तिहरुले मात्र हेर्छन् । तर उनीहरुको भिडियोलाई इन्टरनेटमा फरक फरक ठाउँमा पोस्ट गरिन्छ ।

धेरैजसो वेबक्यामको अर्कोतर्फ बस्ने व्यक्ति किशोरीहरुलाई यो कामको लागि फकाइ फुल्याइ फसाउँछन् । कैयौं पटक यी किशोरीहरु लाइभ स्ट्रिमिङ वेबसाइटमा अनलाइन दर्शकको लागि प्रस्तुती दिन्छन् । बालबालिकाको यौन शोषणसँग सम्बन्धित तस्वीर हटाउनको लागि काम गर्ने संस्था इन्टरनेट वाच फाउण्डेशनले गत वर्ष इन्टरनेटका १ लाख वेबपेज हटाएको थियो ।

फाउण्डेशनकी सिइओ सुसी हाग्र्रीव्सका अनुसार कम उमेरका किशोरीहरुको आफैंले बनाएका भिडियोको संस्थामा ठूलो मात्रामा वृद्धि भएको छ । फाउण्डेशनका अनुसार आपत्तिजनक भिडियोमध्ये ९६ प्रतिशत कम उमेरका किशोरीहरुको भिडियो थियो । यीमध्ये ८५ प्रतिशतको उमेर ११ देखि १३ वर्ष थियो । सुसीका अनुसार हाइस्पिड इन्टरनेट प्रयोग गर्ने किशोरीहरु अत्यन्तै असुरक्षित हुन्छन् र उनीहरुलाई फसाइन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *