आपत्तिजनक अवस्थामा जोडी भेटिएपछि कपाल मुण्डन गरेर पिसाब पिलाइयो, भिडियो भाइरल

डिसी नेपाल
३१ भदौ २०७६ ११:०८

काठमाडौं। अझै पनि ग्रामीण क्षेत्रमा अमानवीय तरिकाले सजाय दिने परम्परा कायमै छ । विभिन्न समयमा यस्ता घटनाहरु सार्वजनिक भइरहन्छन् । यस्तै एउटा घटना भारतको राजस्थानमा भएको भारतीय मिडिया आज तकले लेखेको छ । यहाँ एक महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा भेटिएपछि पंचायतको आदेशमा दुवैको केश मुण्डन गरिएको छ र पुरुषलाई पिसाब पिउन बाध्य पारिएको छ । यो घटनाको भिडियो रेकर्ड गरिएको थियो जुन सामाजिक संजालमा भाइरल भएको छ ।

घटना राजस्थानको नागौर जिल्लाको भएको बताइएको छ । यहाँ बसोवास गर्ने कालबेलिया समाजका ती जोडीलाई बर्बरतापूर्वक कुटिएको छ । त्यसपछि दुवैको कपाल काटेर कालोमोसो दलिएको छ । यतिमात्र होइन पुरुषलाई बोतलबाट पिसाब पिलाइएको छ । भिडियोको पुष्टि भएपछि एसपी डा. विकास पाठक र एएसपी नीतिश आर्य घटनास्थलमा गएर भिडियोमा देखिएका व्यक्तिहरुलाई पक्राउ गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *