दक्षिण कोरियामा पनि ‘स्वाइन फ्लू’ देखियो

सियोल। दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ। मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टी गरेका छन्।

सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म कैयौँ सुँगुर मारिएका छन्। अफ्रिकाबाट सुरु भएको यस प्रकोपका कारण ती देशका पनि कैयौँ सुँगुर काटिएका थिए जसका कारण हाल विश्वभर सुँगुरको मासुको मूल्य बढेको छ।

सङ्क्रमणका कारण ज्वरो आउने यस स्वाइन फ्लू नामक प्रकोप देखा परेको दक्षिण कोरिया पछिल्लो देश हो।

दुई कोरियाको सीमा क्षेत्रमा रहेको एक नगर पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए।

मरेका ती सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा नै फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै दिइएको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाको कृषि मन्त्रालयका अधिकारीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार फार्ममा मरेका सुंगुरमा स्वाइन फ्लू प्रमाणित भइसकेको छ, अरु अनुसन्धान जारी छ।

ती अधिकारीले उत्तर कोरियाको सिमानाबाट उक्त फ्लू दक्षिणमा देखिएको हुनसक्ने अनुमानलाई अहिले नै स्वीकार गर्न भने नसकिने बताए।

उनले भने– अहिले नै यो फ्लू उत्तर कोरियाबाट यता स-यो भनेर भन्न सकिने अवस्था छैन, किनभने यसबारेमा अनुसन्धान भइरहेकाले उक्त सम्भावनालाई पुष्टि गर्नु चाँडै हुनेछ।

दक्षिण कोरियाका कृषि मन्त्री किम हायन सुले उक्त फार्ममा ३ हजार ९५० ओटा सुंगुर रहेकोले उनीहरुलाई विशेष निगरानीमा राखिने जानकारी दिए।

उनले त्यस फार्ममा स्वाइन फ्लूको प्रकोप देखिएको प्रमाणित भएकोले देशभरि अन्यत्रतिर पनि यसको सतर्कता अपनाइने जानकारी दिनुभएको समाचारमा जनाइएको छ।

देशैभरि घरपालुवा जनावरहरुमा विशेष निगरानी राखिएको र सुंगुरको कतै पनि ओसारपसारमा पूर्णत रोक लगाइएको पनि उनले बताए।

दक्षिण कोरियामा स्वाइन फ्लूको प्रकोप पहिलो पटक देखिएको भए पनि यहाँ विभिन्न समयमा जनावर तथा चराचुरुङ्गीमा भने रोग देखा परेको थियो।

सन् २०१४ मा चरामा लाग्ने एभियन इन्फ्लुएन्जा देखिएकोले यहाँका लाखौँ लाख कुखुरा प्रभावित भएका समाचारमा जनाइएको थियो।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position