अष्ट्रेलियामा छायांकन गरिएको गीत ‘पुर्याईदिउँला ट्रेण्डिङमा’ (भिडियोसहित)

डिसी नेपाल
३१ भदौ २०७६ २२:५३

काठमाडौं । पछिल्लो नेपाली सांगीतिक बजारमा नयाँ नयाँ गीतहरु दिनप्रतिदिन सार्वजनिक हुँदै आएको छ।

त्यसै क्रममा अर्को नयाँ गीत ‘पुर्याईदिउँला ट्रेण्डिङमा’ सार्वजनिक भएको छ । ‘पुर्याईदिउँला ट्रेण्डिङमा’ गीतमा गायक कृष्ण भट्टराई र गायिका टीका प्रसाईको सुमधुर स्वरमा रहेको छ ।

डीपी खनालको शब्द रहेको ‘पुर्याईदिउँला ट्रेण्डिङमा’ गीतलाई विश्वार अधिकारीले संगीत तथा संगीत संयोजन गरेका हुन्। विप्लव अधिकारीले मिक्सिङ तथा मास्टरिङ गरेका यस गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको म्युजिक भिडियो सविन किश्वार मैनालीको निर्देशनमा तय भएको छ। गीतलाई शैलेस हमालले नै कोरियोग्राफि गरेका छन् । जसमा शैलेस हमाल, सञ्जु भण्डारी, रिया शर्मा, गौरव घिमिरे, मनिल पुरीको शसक्त अभिनय तथा नृत्य रहेको छ। गीतको म्युजिक भिडियोलाई सविन किश्वार मैनालीले छायांक्न तथा सम्पादन गरेका हुन् ।

गीतको म्युजिक भिडियो अष्ट्रेलियामा छायांकन गरिको छ । निकै मेहनत गरि निर्माण गरिएको यस म्युजिक भिडियोमा अष्ट्रेलियाको निकै सुन्दर दृष्यहरु कैद गरिएको छ।

(भिडियोसहित)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *