विद्यालयमा भएको आगलागीमा परी बालबालिकासहित २८ जनाको ज्यान गयो

डिसी नेपाल
२ असोज २०७६ ५:४९

मोनरोबिया । लाइबेरियाको राजधानी मोनरोबिया नजिकै भएको आगलागीमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । विद्यालयमा भएको सो घटनामा परी मृत्यु भएका मध्ये २६ जना बालबालिका रहेको अधिकारीहरूले बुधबार जनाएका छन् ।

आपत्कालीन सेवाका कर्मचारीहरूले दिएको जानकारीअनुसार मङ्गलबार राति घटना भएको हो । आगलागी भएको ठाउँमा ३० विद्यार्थी रहेका थिए । उनीहरू निदाएको बेला आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

लाइबेरियाका राष्ट्रपति जर्ज वेहले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । “यो घटनाले पीडितका परिवारसँगै सबै देशवासीलाई दुःखी बनाएको छ, उनीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ,” उनले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *