यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने

डिसी नेपाल
२ असोज २०७६ १२:५६

काठमाडौँ । जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ। समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने भएको हो।

दक्षिणको कोरियाको विदेश मन्त्रालयले बिहीबार जनाएअनुसार दक्षिण कोरियाको विदेश मन्त्रालयका एसिया प्यासिफिक क्षेत्रीय मामिलाका महानिर्देशक किम जङ हन र उनका जापानी समकक्षी सिगेकी ताकिजाकीबीच सो वार्ता हुन लागेको हो। दक्षिण कोरियाको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिका अनुसार आगामी शुक्रबार उक्त द्विपक्षीय वार्ता हुन लागेको छ।

उक्त वार्ताका क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुने जानकारी सो विज्ञप्तिमा दिइएको छ। यी दुई देशबीच पछिल्लो समयमा आयात निर्यातका वस्तुहरु र करका विषयमा विवाद उत्पन्न भएको छ।  सोही विवादलाई सहज बनाउने प्रयासस्वरुप उनीहरुबीच यो तहमा वार्ता हुन लागेको अधिकारीहरुले जानकारी दिएका छन्।

गत महिना यस विषयमा विवाद उठेपछि यी दुई देशबीचमा कुनै द्विपक्षीय वार्ताका लागि भएको यो पहिलो पहल भएको अधिकारीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *