गायिका आश्रा कुँवरलाई कोरियामा सम्मान

डिसी नेपाल
२ असोज २०७६ १९:५४

सियोल। ललितपुर सेवा समाज दक्षिण कोरिया र स्टार रेमिटले सँयुक्त रूपमा गायिका आश्रा कुँवरलाई सम्मान गरेको छ। गायिका मात्र नभई कुशल गितकार, युवा वातावरण वैज्ञानिक एंव बैदिक ब्यक्तिको रूपमा आफूलाई स्थापित गराउन सफल गायिका आश्रा कुँवरलाई स्टार रेमिटको कार्यालयमा एक कार्यक्रमका बीच सम्मानित गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा एन.आर.एन.ए दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन कुमार गुरुङको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रूपमा एन.आर.एन.ए दक्षिण कोरियाका प्रबक्ता एंव स्टार रेमिटका नेपाल प्रमुख अशोक प्रसाद मैनाली, ललितपुर सेवा समाजका अगुवा सन्तोष कोइराला, हेलो नेपाल कोरिया डटकमका कार्यकारी निर्देशक पुष्प राज लामिछाने र नेपाल पत्रकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्काको उपस्थिति रहेको थियो।

त्यसैगरी अतिथिहरूमा नेपाल मगर संघकी स–कोषाध्यक्ष तारा पुन, स्टार रेमिटकी बजार ब्यबस्थापक समिक्षा घिमिरे लगायतको उपस्थिति रहेको थियो।

ललितपुर सेवा समाजका प्रस्थापित अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन कुमार गुरुङ र एनआरएनए दक्षिण कोरियाका प्रबक्ता एंव स्टार रेमिटका नेपाल प्रमुख अशोक प्रसाद मैनालीले संयुक्त रूपमा दोसल्ला ओढाई मायाको चिनो दिदैँ गायिका आश्रा कुँवरलाई सम्मान गरे।

ललितपुर सेवा समाजका अगुवा सन्तोष कोइराला, हेलो नेपाल कोरिया डटकमका कार्यकारी निर्देशक पुष्प राज लामिछाने, नेपाल पत्रकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्का, नेपाल मगर संघकी स–कोषाध्यक्ष तारा पुन, स्टार रेमिटकी बजार ब्यबस्थापक समिक्षा घिमिरे एंव उपस्थित अतिथिहरुले खादा लगाएर सम्मान गरेका थिए।

एनआरएनए दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष गुरुङले गायिका कुँवर राम्रो गायिका मात्र नभएर बैदिक ब्यक्तित्वको बारेमा धेरै सुन्नुका साथै पढेको पनि बताए। उनलाई सम्मान गर्न पाउँदा ज्यादै खुसी लागेको बताउँदै गुरुङले भविश्यमा पनि एनआरएनए दक्षिण कोरियाले कुँवरलाई सहयोग गर्ने बताए।

एनआरएनए दक्षिण कोरियाका प्रबक्ता एंव स्टार रेमिटका नेपाल प्रमुख मैनालीले स्टार रेमिट नेपालीहरुकै रेमिट भएकोले आश्रा कुँवर जस्ता हाम्रो देशका गहनाहरूलाई सम्मान गर्न पाउनु स्टार रेमिटको पनि गर्वको विषय रहेको साथै स्टार रेमिटले बेला बेलामा राष्ट्रिय कलाकार तथा गायक गायिकाहरुलाई सम्मान गर्दै आईरहेको र, यो क्रम निरन्तर रहने पनि जानकारी गराए।

गायिका आश्रा कुँवरले आफु यसरी दक्षिण कोरियामा नेपाली समुदायहरुबाट सम्मानित हुन पाउँदा ज्यादै खुसी लाग्नुको साथै आफूलाई अझ बढि जिम्बेवारी थपिएको महसुस पनि भएको र आगामी दिनहरुमा अझ राम्रो कोसेलीहरू नेपाली समुदाय समक्ष लिएर आउने समेत बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *