चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण

डिसी नेपाल
२ असोज २०७६ २२:४१

सेन्ट पिटस्बर्ग (रासस/सिन्ह्वा) । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गरेका छन् । उनको तीन दिने रुस भ्रमण बुधबार सम्पन्न भएको हो । त्यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग र समझ्दारीका विषयलाई थप मजबुत बनाउने विषयमा सहमति भएको थियो ।

सो भेटका क्रममा उनले रुसी प्रधानमन्त्री दिमीत्री मेदभेदेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसैगरी उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिष्टाचार भेटगरी दुई देशको आपसी हितका विषयमा वार्ता गरेका थिए । चीन र रुसबीच सत्तरी वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

त्यस यता यी दुई देशबीचको सम्बन्ध सदा सुमधुर रही आएको भन्दै आगामी दिनमा पनि आपसी सहयोग, समन्वय र साझेदारिताका माध्यमबाट अघि बढ्ने सहमति त्यस भ्रमणका अवसरमा भएको जानकारी चिनियाँ प्रधानमन्त्री खछ्याङले जानकारी दिए ।

दुई प्रधानमन्त्रीबीच सेन्ट पिटस्बर्गमा भएको वार्तामा लगानी र व्यापारका माध्यमबाट पनि दुई देश के कसरी अघि बढ्न सक्छन् भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री खछ्याङ्ले जानकारी दिए ।

गएको करिब नौ वर्षदेखि चीन रुसको एक प्रमुख व्यापारिक साझेदार राष्ट्रका रुपमा रही आएको छ । यस वर्षको सुरुका आठ महिनामा यी दुई देशबीच ७० अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार आदानप्रदान भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *