अमेरिकाको राष्ट्रपति भवन छेउमा गोलीबारी, १ को मृत्यु ५ को अवस्था गम्भीर

डिसी नेपाल
३ असोज २०७६ ११:४४

वाशिङटन। अमेरिकाको राजधानी वाशिङटन डिसीमा स्थानीय समयअनुसार रातको १० बजे अन्धाधुन्ध गोलीबारी भएको छ । यो घटनामा कैयौंलाई गोली लागेको छ । स्थानीय मिडियाका अनुसार गोलीबारीमा १ जनाको मृत्यु भएको छ । यसका अलावा ५ जना गम्भीर घाइते छन् ।

गोलीबारी भएको स्थान ह्वाइट हाउस नजिकै छ, जो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास हो । गोलीबारी भएको स्थानमा स्थानीय पुलिस पुगेको छ र इलाकालाई पूर्णरुपमा बन्द गरिएको छ । पुलिस अहिले पनि आक्रमणकारीको खोजी गरिरहेको छ । राजधानीका सडकमा राती गोलीको गडगडाहट सुनिएको थियो । त्यसपछि कैयौं एम्बुलेन्समा घाइतेहरुलाई अस्पताल लैजाँदै गरेको देखियो ।

स्थानीय पुलिसले घटना वाशिङटनको उत्तर पश्चिममा कोलम्बिया रोडमा भएको पुष्टि गरेको छ । समाचार एजेन्सी रोटर्सका अनुसार घटनास्थल अमेरिकी राष्ट्रपतिको निवासबाट ३ किलोमिटर टाढा छ । स्थानीय टिभी च्यानल फक्स फाइभका अनुसार ६ जनालाई गोली लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *