आरती, मोनिकासहित ५ जनाको खतरनाक खेलः मित्रता, डेटिङ हुँदै यौनक्रिडासम्म पुगेपछि…

डिसी नेपाल
३ असोज २०७६ १२:३५

काठमाडौं। पछिल्लो समय पैसावाल र इज्जतदार व्यक्तिहरुलाई सुन्दर युवतीको जालमा फसाएर ब्ल्याकमेल गरेर आर्थिक तथा अन्य लाभ लिने घटना बढिरहेका छन् । नेपालमा पनि यस्ता ‘हनीट्रयाप’का घटनाहरु भइरहेका छन् । अहिले भने मध्य प्रदेशको राजधानी भोपालमा ४ जना युवती र एक युवकले मिलेर रचेको खेलले पूरै भोपालमा हंगामा भएको छ । आज तकको समाचार अनुसार ५ युवती र एक युवक पक्राउ परेपछि उनीहरुको खतरनाक खेलको खुलासा भएको हो ।

यो ग्याङले यसअघि पनि यस्ता कैयौं काण्ड गरिसकेको थियो । यी युवतीहरुले आफ्नो सुन्दरताको जालमा फसाएर कैयौं मन्त्री र ठूला अधिकारीहरुको सेक्स क्लिप बनाइसकेका थिए । यो ग्याङले पछिल्लो समय इन्दौरका एक नगर निगम अफिसरसँग ब्ल्याकमेल गरेर ३ करोड रुपैयाँ असुल्ने प्रयास गर्दा ग्याङ आफैं फसेको हो । पुलिसले उनीहरुलाई पक्राउ गरेपछि जे जति खुलासा भएको छ त्यो खुलासाले कैयौं इज्जतदार व्यक्तिहरुको निद्रा उडेको छ ।

अहिलेसम्मको अनुसन्धानमा खुले अनुसार यी व्यक्तिहरु आफ्नो काम निकाल्नको लागि सिधासादा देखिने नेता र अधिकारीलाई निशाना बनाउँथे । यो ग्याङमा केही सल्लाहकार पत्रकार पनि छन् जो यस्ता नेता र अफिसरको सूची तयार गर्न सहयोग गर्थे, जुन नेता वा अधिकारी युवतीको सुन्दरतामा मोहित हुन्थे । एक पटक शिकार निर्धारित भएपछि उनीहरु शिकारको नजिक जान्थे ।

उनीहरु आफूलाई नेता वा अधिकारीको अगाडि यसरी पेश गर्थे कि मानौं उनीहरुलाई कामको अत्यन्तै जरुरत छ । उनीहरु शिकारसँग नजिकिन्थे तर यो कुराको गोपनीयता दुवै तर्फबाट राख्ने वातावरण बनाउँथे । त्यसपछि उनीहरु त्यो स्थान तय गर्थे जहाँ शिकारलाई ‘हिट’ गरिनेछ । जब शिकार र उसलाई फसाउने स्थान तय हुन्थ्यो त्यसपछि त्यो कोठामा गोप्य क्यामेराको जाल बिच्छ्याइन्थ्यो । त्यो जालमा फसेर नेता र अफिसरको सेक्स भिडियो बन्थ्यो ।

जब भिडियो रेकर्ड हुन्थ्यो त्यसपछि अर्को कदम उनीहरुका सल्लाहकार पत्रकारको सहयोगबाट चालिन्थ्यो । सल्लाहकार पत्रकार शिकारलाई फोन गर्छन् र आफूसँग उनको अय्याशीको सेक्स भिडियो भएको भन्दै धम्क्याउँछन् । यदि नेता वा अफिसर दबाबमा आएर पैसा वा कामको माग पूरा गरिदिन्छन् भने ठिक नभए उनहिरु अन्जान साइट र साना पत्रिकामा खबर फैलाउँछन् कि एक सिनियर नेता वा अधिकारीको सेक्स भिडियो चारैतिर घुमिरहेको छ ।

उनीहरु शिकारको नाम खुलाउँदैनथे किनकि उनीहरुलाई पैसा चाहिएको हुन्थ्यो । यदि शिकार यति हुँदा पनि उनीहरुको कुरा मान्न तयार भएन भने उनीहरु सेक्स भिडियोको सानो क्लिप सामाजिक संजालमा भाइरल गरिदिन्थे । अन्त्यमा उनीहरुले सल्लाहकार पत्रकारको सहयोगमा नगदमा पैसा असुली गर्थे । यो खेल कैयौं महिनादेखि चलिरहेको थियो । जो एक पटक उनीहरुको जालमा फस्थ्यो, उनीहरुको गुलाम बन्थ्यो ।

कैयौं पटक यो ग्याङले सल्लाहकार पत्रकारलाई पनि बाइपास गर्थे र सिधै सिकारसँग पैसा असुली गरिसकेका थिए । पछिल्लो पटक नगर निगमका एक इन्जिनियरलाई ब्ल्याकमेल गरेपछि इन्दौर पुलिसले आरती दयाल, मोनिका यादव र एक ड्राइभर ओमप्रकाश कोरीलाई १७ सेप्टेम्बरमा पक्राउ गरेको थियो । सोधपुछमा उनीहरुले दिएको जानकारी अनुसार भोपाल पुलिसले श्वेता जैन र बरखा भटनागरलाई १८–१९ सेप्टेम्बरमा पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *