टुँडिखेल मञ्चमा भीआइपीको ठाँट, प्रवेश द्वारमै नमिठा दृश्य (भिडियो)
काठमाडौं। संविधान एवं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले टुडिखेल मञ्चमा ‘देशले काँचुली फेर्न लागेको’ बताउँदै गर्दा त्यही मञ्च छिर्ने गेटमा ८४ बर्ष पुग्न लागेकी वृद्धाले सडक पेटीमा सुतेर माग्नुको बाध्यता सुनाउँदै थिइन्। अर्का दृष्टीविहीन युवाको निराशाको भाका माइकमा गुञ्जिदै थियो। कतारबाट फर्केका युवाले कतारको नेशनल डेमा त्यहाँको मञ्चमा बसेको र यहाँ रेलिङ चढ्नुको नमजा चाख्दाको अनुभव हामीलाई सुनाउँदै थिए।
संविधान सभा चुनाव पछि जनताका प्रतिनिधिले निर्माण गरेर संविधान घोषणा गरिएको दिन असोज ३ गतेलाई संविधान दिवस एव राष्ट्रिय दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको थियो। त्यही दिवसको अवसरमा शुक्रबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट उपस्थितिमा समारोह आयोजना गरिएको थिए। प्रधानमन्त्री ओलीले समारोहलाई सम्बोधन गरेका थिए।
टुँडिखेलमा संविधान दिवस मनाउँदै गर्दा त्यो भन्दा बाहिरको माहोल भने निकै दुःख लाग्दो थियो।
हेर्नुस् डिसी नेपालले टुडिखेल भित्र VIP को ठाँट चल्दै गर्दा गेट बाहिरका नमिठा दृश्यहरू उतारेको छः
No ads found for this position

डिसी नेपाल
Facebook Comment