जर्मनीको आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा

डिसी नेपाल
४ असोज २०७६ ५:४८

बर्लिन । जर्मनीमा सन् २०१९ को दोस्रो त्रैमासिकसम्ममा यहाँ प्रयोग हुने कुल विद्युतको ४६ प्रतिशत उत्पादन नवीकरणीय उर्जाबाट भएको तथ्याङ्क जर्मनीको संघीय तथ्याङ्क कार्यालय (डेस्टाटिस)ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ ।

डेस्टाटिसका अनुसार जर्मनीको उत्पादित विद्युतमध्ये ५६ करोड किलोवाट विद्युतको स्रोत नवीकरणीय उर्जा रहेको छ । यो अघिल्लो बर्षको यही समयभन्दा ६.३ प्रतिशतको वृद्धि हो । अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा सवैभन्दा बढी ४३.८ प्रतिशत विद्युतको स्रोत प्राकृतिक ग्यास रहेको थियो भने दोस्रो धेरै १३.६ प्रतिशत हावाबाट निकालिएको थियो ।

जर्मनीको २९ प्रतिशत हिस्सामध्ये महत्वपूर्ण विद्युतीय उर्जाको स्रोत कोइला रहेको छ भने हावाबाट २० प्रतिशत, फोटोभोल्टायिक्सबाट १३ प्रतिशत र आणविक शक्तिबाट १२ प्रतिशत रहेको डेस्टाटिसले जनाएको छ ।

जर्मनीमा नवीकरणीय उर्जाको हिस्सा गत बर्ष ४१ प्रतिशत रहेको र यसबर्ष पनि ६.३ प्रतिशतको वृद्धि भएको भएपनि सन् २०३० सम्म जर्मनीमा नवीकरणीय उर्जाको विद्युत उत्पादनमा योगदान पु¥याउने लिइएको राष्ट्रिय लक्ष्य ६५ प्रतिशतभन्दा यो अझै निकै निम्न उत्पादन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

जर्मनीमा गत बर्ष विद्युतीय उत्पादनबाट तीन अर्ब ११ करोड टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख छ । जर्मनीमा विद्युतबाट जति धेरै कार्बन उत्सर्जन अन्य कुनै स्रोतबाट नहुने पनि बताइएको छ ।

शुक्रबार जर्मन सरकारको जलवायु मन्त्रालयले विभिन्न उपायबारे निर्णय लिँदै यहाँको कार्बन उत्सर्जनलाई सन् १९९० को तुलनामा ४० प्रतिशतले घटाउने लक्ष्य लिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच तथ्याङ्क सार्वजनिक गरेपछि बसेको बैठकमा जर्मनीको सत्ताधारी दलहरू (सीडीयू, सीएसयू र एसपीडी) को गठबन्धनले जर्मनीमा कार्बन उत्सजर्नमा यातायात क्षेत्रको प्रभाब तथा वैकल्पिक इन्धन र ट्रेनको कर कटौति साथै भवनहरूको उर्जा क्षमताका बिषयमा छलफल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *