डेङ्गुबाट यस बर्ष १६ को मृत्यु, नौ हजार प्रभावित

डिसी नेपाल
४ असोज २०७६ ६:०७

इस्लामावाद । पाकिस्तानमा डेङ्गुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेङ्गुबाट देशभरी अरु ९ हजार ६ सय ३४ जना प्रभावित भएका छन्।

रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जावमा २८ सय १६ र दक्षिण पश्चिमी बालुचिस्तानमा १७ सय ७२ जना विरामी भएको जानकारी दिए । त्यसैगरी उत्तरपश्चिमी खैबर पख्तुन्ख्वा प्रान्तमा १६ सय १२, केन्द्रीय राजधानी इस्लामावादमा एक हजार २१० जना र पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा ९२ जनालाई डेङ्गु लागेको उनले बताए ।

अधिकारीहरूका अनुसार सिन्धमा मात्रै आठ जनाको डेङ्गुका कारण मृत्यु भएको छ भने इस्लामावाद र बालुचिस्तानमा तीन, तीन जना र पञ्जावमा दुई जनाको मृत्यु भएको छ। देशभरी डेङ्गुको प्रकोप बढ्दै गएपछि लामखुट्टे मार्ने तथा नयाँ फैलिन नदिने उपायका लागि विभिन्न अभियानहरू चलाइएको छ।

स्वास्थ्य विभाग र स्थानीय सरकारहरुले देशभरीका बढी प्रभावित क्षेत्र तोकेर विषेश अभियान चलाएका हुन्। उनीहरुले आफ्ना अस्पताल र निजी अस्पतालहरूलाई डेङ्गुबाट प्रभावितहरूलाई उपचारका लागि छुट्टै वार्ड र स्वास्थ्यकर्मीहरूको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।

सरुवा रोग तथा निगरानी विभागको टोलीले रोगको प्रभावमा पहिला भन्दा केही कम हुदै गएको जनाएको छ। अधिकारीक तथ्याङ्कका अनुसार सन् २०१० देखि अहिलेसम्म पाकिस्तानमा ६० हजार जना विरामी भएका छन् भने ३५० भन्दा बढी विरामी भएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *