प्रदुषित पानीका कारण हजारौँ माछा मरे

डिसी नेपाल
५ असोज २०७६ ६:१२

बेङगालुरू, कर्नाटक । बेङ्गालुरूको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका स्थानीय नल्लुराहल्लीका अधिकारीले बताएका छन्।

भारतीय कर्नाटक राज्यको राजधानी बेङ्गालुरूको नल्लुराहल्लीमा रहेको उक्त तालमा पानी प्रदुषण भै विगत चार दिनदेखि माछा मरेका र बिरामी परेका हुन्।

तालको पानी एक्कासी प्रदुषित हुँदा हजारौँ माछाहरू मरेका छन् भने सयौँ अन्य गम्भीर विरामी बनेका प्रत्यक्षदर्शीले बताएका छन्। यसका कारण ह्वाइटफिल्ड क्षेत्रको मुटुमा रहेको सामुद्रिक पर्यावरणमा समस्या देखिएको र यसको प्रभाव थप भयावह हुनसक्ने स्थानीयहरूलाई उद्धृत गरी बेङ्गालुरू प्रहरीले बताएको छ।

स्थानीय माझीहरूले मरेका माछाका कारण तालमा रहेका अन्य माछाको स्वास्थ्यलाई पनि प्रभाव पार्नसक्ने भन्दै विगत तीन दिनमा केही टन माछाहरूलाई तालबाट निकालेर व्यवस्थापन गरेका छन्। तालमा माछा मर्ने क्रम गत चारदिनदेखि शनिबारसम्म जारी रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *