म्यान्मार स्थित नेपाली दूतावासमा संविधान दिवस मनाईयो

डिसी नेपाल
५ असोज २०७६ १०:००

काठमाडौँ । म्यान्मारको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। म्यान्मारका सञ्चारमन्त्री पे मिन्ट उपस्थित कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, नेपालका लागि म्यान्मारका पूर्वराजदूत, राष्ट्रसङ्घका प्रतिनिधि, म्यान्मारका नेपालीभाषी र त्यहाँस्थित नेपालीहरु सहभागी थिए।

मन्त्री पे मिन्टले नेपालले अर्को वर्ष मनाउन लागेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन म्यान्मारका तर्फबाट सक्दो पहल हुने बताए । उनले म्यान्मारका राष्ट्रपति मिन विन्ट र नेतृ आङसाङ सूचीले गत वर्ष गरेको नेपाल भ्रमणको सम्झना गरे । राष्ट्रिय दिवसको शुभकामना दिँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल होस् भन्ने कामना गरे ।

कार्यक्रममा म्यान्मारका लागि नेपाली राजदूत भीम उदासले ६० वर्ष अगाडिदेखि नेपाल र म्यान्मारबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा भएका द्विपक्षीय भ्रमणले थप मजबुत बनाएको बताए ।

करीब चार सय ५० सहभागी भएको कार्यक्रममा तेरिया मगरले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको अवसर पारेर ‘भिजिट नेपाल २०२०’ को प्रवद्र्धन पनि गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *