जापानको टोकियोमा मनाइयो नेपालको संविधान दिवस

डिसी नेपाल
५ असोज २०७६ ११:३०

टोकियो । जापानको राजधानी टोकियोमा नेपालको चौथो संघीय लोकतान्त्रिक संविधान दिवस धूमधाम पूर्वक मनाइएको छ । शनिवार जापानवासी नेपाली, नेपाल चेम्बर अफ कमर्स, बीपी चिन्तन र गणेशमान फाउन्डेसन जापानको संयुक्त आयोजनामा कार्यकम गरिएको हो।

कार्यक्रममा नेपालका लागि पूर्व जापानिज राजदूत कोजिमा मित्सुआकीले नेपालको चौथो संविधान दिवसको अवसरमा शुभकामना दिएका थिए। साथै उनले आगामी वर्षहरूमा नेपाली र जापानबीचको सम्बन्ध सेतु अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै नेपालको लोकतान्त्रिक संबिधानले नेपाली जनतालाई समानता विकास र दीर्घकालीन सुख शान्तिमा लैजानेसमेत बताए।

त्यस्तै नेपालबाट आएका अर्का विशेष अतिथि प्रोफेसर तथा इमेज टेलिभिजनका कार्यकरी निर्देशक रघुधर भक्त मानन्धरले संविधान दिवसको शुभकामना दिएका थिए।

एनआरएनए जापानका संस्थापक अध्यक्ष तथा मानवाधिकारकर्मी राजन प्रधान, नन रमा खड्का, नेपाल चेम्बर अफ कमर्सको टोक्योको लागि वाणिज्यदूत डा. बलराम श्रेष्ठलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

बीपी चिन्तन तथा गणेशमान फाउन्डेसनका केन्द्रीय सदस्य भेष नारायण श्रेष्ठको स्वागत भाषण तथा समाजसेवी पिताम्बर चापागाईँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *