नुतन भूषालको नयाँ गीत ‘घुर्काएर’ सार्वजनिक (भिडियो सहित)

डिसी नेपाल
५ असोज २०७६ २३:१२

काठमाडौं । नुतन भूषाल लिखित नयाँ नेपाली आधुनिक गीत सार्वजनिक गरिएको छ।

‘घुर्काएर’ बोलको उनको नयाँ गीत सेप्तेम्बर २०, शुक्रबारका दिन मात्रै सग्ंस नेपालको युट्युब च्यानल मार्फत दर्शक सामु सार्वजनिक गरिएको हो।

यस गतिमा पूर्णिमा लामाको स्वर सुन्न सकिन्छ भने गीतका लेखक नुतन भूषाल हुन् र दीपकराज विश्वकर्माले यस गीतमा सुमधुर संगीत दिएका छन्।

महेश पाण्डेको एरेन्जमेन्टमा बनेको यस गीतको मिक्सिङ्ग भने मनोज परियारले गरेका हुन्। गीतको म्युजिक भिडियोमा मोडल मेलिना र आश्विनलाई देखाइएको छ।

बुद्ध थापाले खिचेको यस गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् र अनमोल भूषालले निर्माण गरेका छन्।

(हेर्नुहोस् गीतको भिडियो)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *