करोडपतिकी दिदी थिइन् घरमा भाँडा माझ्ने महिला, चोरीको आरोप लगाएर कुटेर मारियो

डिसी नेपाल
६ असोज २०७६ १३:०६

काठमाडौं। आफ्नो आत्मसम्मानका लागि करोडपति भाइहरुसँग छुट्टिएर बसेकी ४४ वर्षकी एक महिलामाथि चोरीको आरोप लगाइयो त्यसपछि उनलाई कुटेर मारिएको छ । यी महिला विधवा थिइन् र उनले अरुको घरमा भाँडा माझेर आफ्ना सन्तान र आफ्नो गुजारा गर्थिन् । आज तकको समाचार अनुसार यो घटना दिल्लीको महरौली इलाकाको हो ।

मञ्जु गोयल नामकी यी महिलाको उनले काम गर्ने घरका मालिकले आफ्ना परिवार र कामदारसँग मिलेर हत्या गरेको आरोप छ । उनीहरुले महिलालाई कुटीकुटी मारेको आरोप लगाइएको छ । दिल्लीको चर्चित जिंदल क्याटरर्स मञ्जुका भाइहरुको हो । उनका भाइहरुले उनलाई सबै खर्च दिएर सुखसँग राख्न चाहन्थे तर उनी आफ्नो आत्मसम्मानको लागि त्यो लिन अस्वीकार गर्थिन् । आफ्ना भाइहरुको फ्ल्याट भए पनि उनी भाडाको कोठामा बस्थिन् । अरुको घरमा खाना बनाउनेर भाँडा माझ्ने गरेर उनी आफ्नो र छोराछोरीको पेट पाल्थिन् ।

घटना शनिबार भएको बताइएको छ । उनले काम गर्ने घरका मालिकले मञ्जुलाई निर्घात कुटपिट गरेपछि उनका भाइलाई बोलाएर जिम्मा लगाएका थिए । महरौतीमै महिलाको प्राथमिक उपचार गरिएको थियो तर भित्री चोटका कारण ठूलो अस्पताल पुर्याउन नपाउँदै उनको मृत्यु भयो । उनको भाइहरुसँग निकै प्रेम थियो । उनका भाइहरुले उनको आर्थिक अवस्था देखेर सहयोग गर्ने प्रयास गर्थे तर महिलाको आत्मसम्मान यति बलियो थियो कि उनले कहिल्यै कसैको सहयोग स्वीकार गरिनन् । दिदीको मृत्युपछि भाइले महरौली थानामा उजुरी दिएका थिए । पुलिसले तत्कालै घरमालिक सतीश पाहवा, उनकी पत्नी, छोरा पंकज र घरमा काम गर्ने महिला कमलेशलाई पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *