‘ठमेल बजार’की गायिका मिनाले ल्याइन् ‘गाह्रो छ…’ [भिडियो]
काठमाडौं। गायिका मिना निरौलाले नयाँ गीत सार्वजनिक गरेकी छन्। राजकुमार बगरको शब्द/संगीत र मिनाको स्वरमा ‘गाह्रो छ…’बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा अभिनेत्री तथा मोडल एलिना बास्कोटा, पञ्जाबी मोडल ह्यारी चहल, त्यस्तै नेपाली मोडल लोमस र सन्तोषले पनि अभिनय गरेका छन्।
एलिना यसअघिले थुप्रै म्युजिक भिडियो र नेपाली सिनेमामा काम गरिसकेकी छन्। भिडियोलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन्। शम्भु चालिसको छायांकन रहेको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन्। चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’बाट गायिका मिना चर्चामा आएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment