प्रेमिकाको हत्या गरेपछि उनका पितालाई भिडियो कल गरेर सोधे – ‘अब के गरुँ ?’

डिसी नेपाल
६ असोज २०७६ १४:४८

काठमाडौं। एक ब्वाइफ्रेण्डले चक्कु प्रहार गरेर आफ्नी प्रेमिकाको हत्या गरे त्यसपछि उनका पितालाई भिडियो कल गरेर सोधे –‘अब के गरुँ ?’ युवतीका पिताले भिडियो कलको क्रममै रगतमा लत्पतिएकी छोरीलाई देखिसकेका थिए । डेलीमेलको समाचार अनुसार घटना अमेरिकाको फ्लोरिडाको हो ।

३० वर्षका डेंजिलो क्लार्कमाथि आरोप लागेको छ कि उनले २० वर्षकी किआराको हत्या गरेका हुन् । क्लार्कले किआराका पिता शेल्डनलाई फोन गरेर उनकी छोरीसँग चक्कु भएको बताउने प्रयास गरेका थिए तर किआराले यही बीचमै आफ्नो हातमा नभइ क्लार्कको हातमा चक्कु भएको बताइन् ।

चक्कु प्रहारबाट ११ सेप्टेम्बरमा १ सन्तानकी आमा किआराको मृत्यु भयो । भिडियो कललगत्तै उनका पिताले पुलिसलाई यसको जानकारी दिए । तर, जबसम्म पुलिस घटनास्थल पुग्यो त्यति बेलासम्म ढिलो भइसकेको थियो । घटनास्थलबाट भागिसकेका क्लार्कले फेसबुमका लेखेका छन् कि उनी आफ्नो जिन्दगी माप्त पार्न चाहन्छन् । तर, यो पनि बताउन चाहन्छन् कि किआरा उनको हत्या गर्न चाहन्थिन् । यही क्रममा दुर्घटना भयो । पछि यी दुईकी नाबालक छोरी एक आफन्तकहाँ सुरक्षित भेटिइन्। क्लार्कलाई पनि पुलिसले गिरफ्तार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *