कक्षाकोठा भत्किँदा सात बालबालिकाको मृत्यु

डिसी नेपाल
६ असोज २०७६ १५:१२

नैरोबी। केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताएका छन्।

सो घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएका सरकारी प्रवक्ताले पुष्टि गरेको समाचारमा जनाइएको छ। घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो।

यहाँका विद्यार्थीहरु केही समय अघि मात्र कक्षाकोठामा छिरेका थिए। सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ।रासस/एएफपी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *