ट्राभल कम्पनी टाट पल्टियो, डेढ लाख यात्रु र २२ हजार कर्मचारी अलपत्र

डिसी नेपाल
६ असोज २०७६ १६:४९

काठमाडौं। १७८ वर्षदेखि संचालनमा रहेको बेलायतको एक ट्राभल कम्पनी टाट पल्टिएपछि बन्द भएको छ । विदा मनाउन तथा घुम्न मन पराउनेहरुका लागि विश्व चर्चित कम्पनी थोमस कुक आइतबार देखि बन्द भएको हो । पछिल्लो समय उक्त कम्पनी आर्थिक संकटमा रहेको बताइएको थियो । कम्पनीको बोर्ड बैठकलेनै केही दिन अघि कम्पनी टाट पल्टिएको घोषणा गर्दै बन्द गर्ने निर्णय गरेको थियो । बेलायतको उच्च अदालतले पनि कम्पनी बन्द गर्नको लागि स्वीकृति दिएको छ ।

थोमस कुकका मुख्य कार्यकारी अधिकृत पिटर फेन्कौजरले कम्पनीको बन्द भएकोमा दु:ख मानाउ गर्दै आफ्ना लाखौं ग्राहक र हजारौं कर्मचारी प्रति माफी मागेका छन् । बन्द हुनु पूर्व कम्पनीमा २२ हजार कर्मचारी थिए । त्यसमध्ये पनि ९ हजार कर्मचारी बेलायतमा मात्रै थिए । अहिले पनि १ लाख ५० हजार भन्दा बढी यात्रु उक्त कम्पनीकै प्याकेजमा विश्व भ्रमणमा रहेको बताइएको छ । कम्पनीनै बन्द भएपछि आफ्नो बाँकी टुर प्याकेज के हुने भन्ने अन्योलमा उनीहरु रहेका छन् ।

बेलायतको नागरिक उड्डयन नियमक र सरकारले उनीहरुलाई घर फिर्ता गर्न अन्य विभिन्न कम्पनीका हवाइजहाज प्रयोग गर्ने बताएको छ । सरकारले दर्जन भन्दा बढी विमान भाडामा लिइसकेको बताएको छ । विदा मनाउन गएका उत्त कम्पनीका ग्राहकहरु भने आत्तिनु पर्दैन । यसरी प्याकेजमा लैजादा कम्पनीले एउटा शर्त मान्नुपर्छ जसलाई एयर ट्रान्सपोर्ट अर्गनाइजेसन लाइसेस (एटोल) भनिन्छ । यो शर्त अनुसार यात्रुले आफ्नो यात्रा जारी राख्न सक्छ । उनीहरुको बिल र नयाँ उडानको टिकट नागरिक उड्डयानले व्यवस्था गर्नेछ । यो कम्पनीले ट्राभल प्याकेज पूरै बिक्री गर्ने गरेको थियो। जसले हवाई जहाजदेखि भुक्तानी कार्डसम्मका सेवा दिंदै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *