क्यानाडामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारी

डिसी नेपाल
६ असोज २०७६ २३:१३

टोरोन्टो। क्यानाडाको टोरोन्टोमा नेपाल भ्रमण वर्ष २०२०, संबिधान दिवस तथा अन्तर्राष्ट्रिय शान्ति दिवसको विषयमा गोलमेच भएको छ। कन्सर्न नेपाल क्यानडा, नेपाल र नेपालीको समग्र समृद्धि र विकासको चासो सरोकार लिएर बिगत दश वर्षदेखि क्यानाडमा सक्रिय संस्था हो । यस संस्थाद्वारा आयोजित वार्षिक अन्तर्राष्ट्रिय शान्ति दिवस , नेपालको संबिधान दिवस, र नेपाल भ्रमण वर्ष २०२० को सफलताको प्रवद्र्धन अभियानमा एक्यवद्धता समर्थन, साथ र सहकार्यको उद्देश्यले अन्तरक्रिया छलफल कार्यक्रम सफलतापूर्बक सम्मन्न भएको छ।

कार्यक्रमका सहभागीहरुको गोलमेच बसाई अबधारणामा नेपालको र्राष्ट्रिय गान बाट शुरु गरिएको अन्तरक्रिया कार्यक्रममा पहिलो चरणमा परिचय र नेपाल भ्रमण वर्ष २०२० को सफलताको प्रवद्र्धन अभियानमा एक्यवद्धता समर्थन, साथ र सहकार्यबारे छलफल भएको थियो।

नेपालको पर्यटन विकासमा गर्न सकिने सम्भावनाहरु क्यानाडाबाट के कस्तो सम्भावना छ भन्ने विषयमा पनि सहभागीहरु छलफल भएको थियो । हाल क्यानाडियन नेपाली संघ संस्थाहरुबाट पर्यटन प्रवद्र्धनका प्रयत्न के–के भएका छन् भन्ने विषयमा पनि छलफल भएको थियो।

एक जनाले एकजनालाई नेपाल पठाउन सक्यो भने पनि समग्रमा ठूलो संख्या वृद्धि हुने छलफलमा निश्षर्क निकालिएको थियो।

नेपालमा पर्यटकीय क्षेत्रमा पूर्वाधार अधुरै भएकोले नेपाल पर्यटन बोर्ड , होटल ब्यबसायीहरु र पर्यटन ब्यबसायिहरु बीच कार्यगत समन्वय आवश्यक रहेको सहभागीहरुले जोड दिएका थिए।

नेपाल भर्मण लिखित पोस्टर बसमा राखेर , फेसबुक पेजमा नेपाल भिजिट राखेर, क्यानाडियन समाचार टोरोन्टो स्तर र सीबीसी न्यूजमा छोटा छोटा संदेश लेखेर क्यानाडियन नेपालीहरुले सहयोग गर्न सक्ने पनि सहभागीले बताएका थिए।

नेपाल बिगतमा भएका आन्दोलन र शान्ति प्रक्रियासंगै संबिधानसभाबाट घोषणा गरिएको संबिधान अहिले सम्मकै प्रगतिशील रहेको भन्दै कार्यक्रमका सहभागीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रामक राज्य, समाजबाद उन्मुख, धर्म निरपेक्ष समावेशी प्रणाली नेपालको संविधानका विशेषता रहेका बताए ।

संबिधान बिस्तारै कार्यान्वयनको क्रममा रहेको भन्दै उनीहरुले नेपाल बहुजातीय , बहुभाषिक, बहुधार्मिक , बहुसंस्कृतिक, भौगोलिक बिबिधयुक्त बिशेसतालाई आत्मसाथ गरेको भए पनि केही पक्षले भने असन्तुष्टि जनाएकोतर्फ पनि बहस हुनुपर्ने बताएका थिए।

नेपालको भूराजनीति स्थिति बिशाल देश चीन र भारतको बढ्दो आर्थिक उन्नति , औद्योगीकरणबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनीहरुको जोड थियो।

अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध बलियो बनाउँदै दुई देशबीचको सानो भूपरिवेष्ठित देश नेपालले पनि आन्तरिक रुपमा शान्ति कायम राख्नसके छिमेकि देशको साथमा बिकाश गर्न सक्ने उनीहरुले बताए।

प्रबासका नेपालीहरुको नेपालप्रतिको भावनात्मक सम्बन्धलाई नेपालको नागरिक कानुनले स्थापित गर्नु पर्ने उनीहरुले बताएका थिए।

कार्यक्रममा क्यानेडियन नेपाली समुदायका अभियन्ता, बिद्वानहरुको उपस्थिति थियो । कार्यक्रमको संयोजन डा तुलसी धरेलले गरेका थिए । डा राजन पोख्रेल, कानुन ब्यबसायी अमृत शर्मा, चन्द्रराई, केदार बस्नेतलगायतले आफ्ना विचार व्यक्त गरेका थिए। गोबिन्द सिवाकोटीले कार्यक्रम संचालन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *