इजरायली राष्ट्रपतिले सम्भावित प्रधानमन्त्रीका दुबै उम्मेदवारसँग परामर्श लिने

डिसी नेपाल
६ असोज २०७६ २३:५४

जेरुसेलम (रासस/एएफपी) । इजरायलका राष्ट्रपति रेउभेन रिभ्लिनले प्रधानमन्त्रीका सम्भावित दुबै उम्मेदवारसँग परामर्शका लागि सोमबार राष्ट्रपतिको कार्यालयमा बोलाएका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी दलका नेता बेन्नी गान्टजलाई उनले सँगसगै भेट्न लागेका छन्। हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन गर्नुपर्ने भएकाले दुबै जनालाई मिलेर सरकार बनाउन उनले दवाव दिनुहुने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।

प्रधानमन्त्री नेतान्याहुको लामो कार्यकाल सकिए पनि उनले पदत्याग नगरेकाले राजनीतिक गतिरोध भइरहेका बेला राष्ट्रपतिले महत्वपूर्ण बैठक आयोजना गरेका हुन्।

उनले छलफलका लागि दुई उम्मेदवारलाई सँगसँगै बेलुकाको समयमा बोलाएको राष्ट्रपतिको कार्यालयबाट जारी वक्तव्य उल्लेख छ। उनले दुवैलाई संयुक्त सरकार बनाउन आग्रह गर्नेगरी बैठक आयोजना गरेको पनि वक्तव्यमा छ ।

हालै भएको निर्वाचनबाट गान्टसको मध्यमार्गी दल ब्ल्यु एण्ड ह्वाईट एलाईन्सले ३३ सिट जितेको छ भने नेतान्याहुको राइट विङ् लिकुडले ३१ सिट जितेको छ।

इजरायलमा यही सेप्टेम्बर १७ तारिखमा दिन १२० सिटका लागि निर्वाचन भएको थियो । सवैभन्दा धेरै ल्याउनेले नै ३३ सिट मात्रै ल्याएकाले कुनै दलले ५० प्रतिशत पुर्याउन सकेका छैनन् ।

कुनै दलको बहुमत नभएको र धेरै सिट ल्याउने दलहरुको सिट अन्तर पनि धेरै नरहेकाले राजनीतिक स्थायित्वका लागि दुवैलाई मिलेर सरकार बनाउन राष्ट्रपतिले आह्वान गर्न लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *