बेलायतको अडान बमोजिम बहिर्गमन सम्झौता कठिन
बर्लिन । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का प्रमुख वार्ताकार मिसेल वार्नियरले लण्डनको वर्तमान अडान अनुसार बहिर्गमनका सम्झौताका लागि सहमति बन्ने आधार नदेखिएको बताएका छन् ।
उनले बर्लिनमा जर्मनीका विदेशमन्त्री हेइको माससँगको भेटपछि भने, “अहिलेको बेलायती अडानका आधारमा बहिर्गमनका लागि सम्झौता गर्ने कानूनी समाधान निकाल्न कठिन हुन्छ। बेलायतले ‘ब्याकस्टप’का लागि सारेका सबै लक्ष्यलाई पूरा गर्न सकिँदैन।
‘ब्याकस्टप’ इयू सदस्य रहेको आयरल्याण्ड र संयुक्त अधिराज्य (बेलायत) को उत्तरी आएरल्याण्डको सीमानामा कडाई गर्नुपर्ने धारणाबाट निर्देशित रहेको र यो अडानका कारण इयू–बेलायतबीचको सम्झौतामा समस्या भएको उनको स्पस्टोक्ति थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment