सुदुरपश्चिमेली नेपाली समाज मलेसियाद्वारा प्रशिक्षक तथा खेलाडीहरु सम्मानित
मलेसिया । सुदुरपश्चिमेली नेपाली समाज मलेसियाले ५औं विश्व गोजुरीयो कराते च्याम्पियनशिपमा सहभागी नेपाली प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरेको छ । गत सेप्टेम्बर २३ तारीख उग्रतारा रेष्टुरेन्टमा बिदाई तथा सम्मान समारोह आयोजना गरि सम्मान गरेको हो।
सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामिको अध्यक्षतामा सम्पन्न समारोहमा नेपालको प्रतिनिधित्व गर्दै विश्व गजुरीयो कराते रेफ्री परिक्षा पास हुन सफल पुर्ब राष्ट्रिय खेलाडि तथा प्रशिक्षक धनगढिका प्रकाश चन्द र यसै च्याम्पियनशिपबाट नेपाली गजुरीयो करातेको इतिहासमै पहिलो रजत पदक बिजेता धनगढिका कमल वली र अर्का सहभगी खेलाडि हरिश चन्द रानालाई कदर पत्र र मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो।
समारोहका बिशेश अतिथि रहेका प्रशिक्षक प्रकाश चन्दले सुदुर पश्चिमेली नेपाली समाज मलेसियालाई धन्यबाद ज्ञापन गर्दै खेलाडि राष्ट्रको गहन होईन अभिन्न अंग हो। नेपालमा बिश्वको च्याम्पियन बन्न सक्षम धेरै खेलाडिहरु रहेको र खेलाडिहरुको स्तर मापन गरि राज्यले सेवा सुबिधा दिनुपर्ने बताए।

आफ्नो ३० बर्षे कराते खेल जीबनको भोगाई र अनुभबको आधारमा महिला हिंसा न्युनिकरणको एक उपाय आत्मा रक्षा तालिम भएकोले सुदुरपश्चिमको ९ वटै जिल्लामा आत्मा रक्षा तालीम सम्पन्न गरि देशब्यपी तालीमको लागि २५ जना महिला प्रशिक्षक तयारी गराएको चन्दले जानकारी दिए। समरोहका प्रमुख अतिथि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका सल्लाहकार तथा एनआरएनए मलेसियाका आइसिसि सदस्य टेक धिक्त, अतिथि समीर मल्ल र नबराज दुलालले सुभकामना मन्तब्य दएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment