पाकिस्तानमा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु ५० घाइते, विस्तृत विवरण आउन बाँकी
इस्लामावाद (एजेन्सी) । पाकिस्तानमा मंगलबार साँझ शक्तिशाली भूकम्पले ठूलो क्षति गरेको अनुमान गरिएको छ।
पाकिस्तान प्रशासित कश्मीरमा केन्द्रविन्दु बनाएर आएको भूकम्पले कम्तिमा ४ जनाको मृत्यु भएको प्रारम्भिक विवरणहरु प्राप्त भएका छन्। बीबीसीका अनुसार कम्तिमा ५० जना घाइते भएका छन्।
अमेरिकी भूगर्भ विभागका अनुसार ५.८ रेक्टर स्केलको भूकम्पको झट्का महसुस गरिएको छ। पाकिस्तानको पञ्जाव प्रान्तको झेलम जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्पको झट्का लागेको बीबीसीले जनाएको छ।
भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मीर, पेशावर, राजधानी इस्लामावादमा पनि क्षति भएको विवरणहरु प्राप्त भएका छन्।
पाकिस्तान प्रशासित कश्मीरका एक प्रहरी अधिकारीले ४ जनाको मृत्यु भएको र त्यसमा एक बालिकासमेत रहेको जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment