उर्जा मन्त्री पुन र कुलमान घिसिङसँग जापानवासी नेपालीको अन्तरक्रिया

डिसी नेपाल
८ असोज २०७६ ७:०६

टोकियो, जापान । नेपाल सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगंसँग जापानवासी नेपालीहरुले प्रत्यक्ष साक्षात्कार गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको जापान प्रवासी संस्था प्रवासी नेपाली एकता मञ्च जापानले आयोजना गरेको समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकार समृद्धिको यात्रामा रहेको बताउदै सरकारको यात्रामा सहकार्य गर्न जापानबासी नेपालीलाई आग्रह गरे।

समृद्धिको नारा पुरा गर्न सरकारले शुशासन, गरिवी निवारण र उद्यमशिलतालाई प्राथामिकतामा राखेर काम गरेको दावी मन्त्री पुनको थियो। कार्यक्रमको मुख्य आकर्षक व्यक्तित्वको रुपमा रहेका नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले आफ्नो नेतृत्वमा समग्र प्राधिकरण कर्मचारीहरुको कामका कारण नेपालमा विद्युत् लोडसेडिङ अन्त्य भएको बताए।

प्राधिकरणले गरेका सुधारका कामलाई प्राधिकरणबाट हटाईएका पूर्व कार्यकारी प्रमुख सहित कर्मचारी संगठनहरुले नै सुरुका समयमा अविश्वास र असहयोग गरको बताउँदै कसैले नसोचेको सुधार सहित प्राधिकरण नाफा उन्मुख भएको बताए।

प्राधिकरण आगामी बर्षबाट कुल नाफामा गएर विद्युत् निर्यात हुने मुलुकमा पर्ने दाबी गर्दै घिसिङले प्राधिकरणलाई काम गर्न सहयोग गर्ने कर्मचारीसँगै नेपाल र विश्वभर छरिएर रहेका नेपालीहरुको साथ र हौसलाले काम गरेको सो अवसरमा बताए ।

निर्धारित समय भन्दा दुईघण्टा ढिलो सुरु भएको कार्यक्रम व्यवस्थापकिय कमजोरीका कारण अन्र्तक्रियात्मक हुन सकेन । सहभागी अधिकाशंले आफ्ना जिज्ञासा राख्न पाएनन् भने राखेकाहरु समेत बोल्दा बोल्दै समय अभावका कारण रोकिनुपरेको थियो।

कार्यक्रमको अन्त्यमा आयोजकले मन्त्री पुनले बोल्दै गर्दा कार्यक्रम स्थलको समय सकिएकाले हल छाड्नुपर्ने भन्दै बोल्न रोक्न अनुरोध नै गर्नुपरेको थियो। एनआरएनए अध्यक्ष भवन भट्ट सहभागी कम्पनीले विद्युत् आयोजनाको क्षमता घटाएर काम गर्न खोजेको भन्ने सहभागीको आरोपलाई भट्टले जवाफ समेत दिन पाएनन्।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकार समृद्धीको यात्रामा अघि बढेकोले ढुक्क भएर जलविद्युतमा लगानी गर्न जापानवासी नेपालीहरुलाई आग्रह गरेका थिए। जापान सरकारको निमन्त्रणमा मंगलबार टोकियो आईपुगेका मन्त्री र निर्देशक घिसिङसँग जापानवासी नेपालीहरुले आफ्ना जिज्ञासा र गुनासासँगै भईरहेका राजनीतिक वेथितिका बारेमा आक्रोश पोखेका थिए ।

कार्यक्रममा जापानका लागि नेपाली महामहिम राजदूत प्रतिभा राणा, एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी सहित एनआरएनए आवद्ध विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरु सहित करिव २ सय नेपालीको सहभागीता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *