पहिले पैसा लिएर होटलमा यौनम्बन्ध राख्थिन्, जब काम सकिन्थ्यो त्यसपछि…

एजेन्सी। मध्य प्रदेशको राजनीतिमा तुफान मच्चाउने हनीट्रयाप काण्ड शान्त नहुँदै राजधानी भोपालमा पुलिसले यस्तो गिरोह पक्राउ गरेको छ जसले मानिसहरुलाई बलात्कार अभियोगमा फसाएर जेल पुर्याउने धम्की दिन्थ्यो र यसैको आडमा मोटो रकम असुलिन्थ्यो । यो गिरोहका ४ जनालाई भोपालको निशातपुरा पुलिसले पक्राउ गरेको छ ।

आज तकको समाचार अनुसार यो गिरोहमा २ महिला र २ पुरुष छन् । २ महिला निपा र रिवाना पहिलेदेखि नै यौनकर्मी हुन् । यौनधन्दाको साथमा उनीहरु पुरुषहरुलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै मोटो रकम असुली पनि गर्थे । यस काममा उनीहरुसँगै २ युवक दिपंकर र रुपनारायण पनि संलग्न थिए । पुलिसका अनुसार यी ४ जनालाई धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो तर सोधपुछका क्रममा यस्तो खुलासा भयो कि पुलिस नै चकित पर्यो ।

अनुसन्धानमा खुलासा भएअनुसार निपा र रिवाना सामाजिक संजाल र वेबसाइटको माध्यमबाट मानिसहरुसँग सम्पर्क गरेर महंगा होटलमा गएर यौनधन्दा गर्थे । उनीहरुले १ रातको १५ देखि २० हजार रुपैयाँ लिन्थे । दुवै युवतीहरु नाम बदलेर ग्राहकसँग भेट्थे । अहिलेसम्मको सोधपुछमा खुलासा भएअनुसार निपा आफ्नो नाम प्रिया विश्वास, नुपुर विश्वास, मिष्टी विश्वास, रुही लगायत बताउँथिन् भने रिवानाले आफ्नो नाम आबी, रिया, रिजवाना बताउँथिन् ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position