अस्ट्रेलियाको राजधानीमा खाँजा खेती गर्न र सेवन गर्न छुट

डिसी नेपाल
८ असोज २०७६ १६:०७
4
Shares

अष्ट्रेलिया । अष्ट्रेलियाको राजधानी क्यानबेरामा अब गाँजा खेती गर्न र सेवन गर्न पाइने भएको छ । यहाँको प्रशासनले आफ्नो क्षेत्रमा गाँजा प्रयोगलाई कानुनी मान्यता प्रदान गरेको हो । क्यानबेरामा बसोबास गरिरहेका नागरिकले अब मनोरन्जनको रुपमा गाँजा प्रयोग गर्न पाउने नियम स्थानीय सरकारले आजबाट लागू गरेको बिबिसीले जनाएको छ ।

अष्ट्रेलियाको अन्य क्षेत्रमा गाँजा प्रयोगमा प्रतिबन्ध लगाएको सरकारले औषधीको रुपमा भने गाँजा प्रयोगमा सन् २०१६ मा कानुन पास गरेर छुट दिएको थियो । गाँजा प्रयोगलाई कानुनी मान्यता दिएसँगै अव क्यानबेरामा बस्ने युवाहरुले ५० ग्रामसम्म गाँजा बोक्न र चारवटासम्म गाँजाको बिरुवा घरमा लगाउन सक्नेछन् ।

मनोरन्जनको लागि विश्वका केही ठाउँ जस्तै क्यानडा, स्पेन, उरुग्वे र अमेरिकाका केही राज्यहरुमा गाँजा प्रयोगमा छुट दिइएको छ। करिब ३५ प्रतिशत अष्ट्रेलियन युवाहरु जो १४ वर्ष मुनिका छन् उनीहरुले आफ्नो जीवनमा लागू पदार्थ प्रयोग गर्ने गरेको यहाँको स्वास्थ्य विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *