अष्ट्रेलियामा नयाँ शक्ति र संघीय समाजवादीबीच एकता, अध्यक्षमा तामाङ र महासचिवमा आचार्य चयन

डिसी नेपाल
९ असोज २०७६ ८:४९

सिड्नी, अष्ट्रेलिया । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीचको एकतापछि बनेको समाजवादी पार्टी नेपालको प्रवास संगठनको समायोजन सुरु भएको छ । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलिया र संघीय समाज अष्ट्रेलियाबीच एकता भई नेपाली समाज अष्ट्रेलिया घोषणा गठन भएको छ।

सिड्नीमा सम्पन्न एकता कार्यक्रमलाई नेपालबाट स्काइपमार्फत् पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गरेका थिए।

नेपाली समाज अष्ट्रेलियाको एकता सम्मेलनबाट अध्यक्षमा गणेश तामाङ, उपाध्यक्षमा क्रमशः सुमन खरेल, उपेन्द्र श्रेष्ठ, वीर बहादुर राई, शोभा श्रेष्ठ, महासचिवमा सन्तोष आचार्य, सचिवमा तुल्सी शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत, प्रवक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेक कुमार झा कार्यक्रम संयोजकमा भद्रा वाइबा चयन भएका छन् ।

यस्तै, नयाँ कार्यसमितिको युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजता पाण्डे गौतम, विद्यार्थी संयोजकमा भूमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यु साउथवेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्ध मोक्तान क्विसन्सल्याण्ड संयोजकमा अमित शर्मा तास्मनिया संयोजकमा सुरज श्रेष्ठ, वेस्र्टन अस्ट्रेलिया संयोजकमा सिताराम पन्त चयन भएका छन्।

यसैगरी समितिको सल्लाहकारमा सुन्दोर्जे तामाङ, अरुण कुमार तामाङ,कमला पोखरेल, पुरन सायमी तथा संरक्षक समितिमा विनोद पौडेल, सुवान चौलागाई, समिम अनवर, चित्र तुम्बाहम्बे, घनेन्द्र पियाक र तिर्थराज कार्कीलाई मनोनयन गरिएको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई अध्यक्ष बाबुराम भट्टराईले स्काइपमार्फत् पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

कार्यक्रममा अष्ट्रेलियास्थित जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष छिरिङ लामा जनप्रगतिशिल समाजका उपाध्यक्ष रामजी बस्नेत, सुदूरपश्चिम समाजका केशव जोशी, पोखरा समाजका राजकुमार अधिकारी, अबर्न नेप्लिज कमिटीका अध्यक्ष अशोक उप्रेती लगायतले शुभकामना व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *