यसपालिको दशैं इराकमा विशेष कार्यक्रम गरेर मनाईदै
इराक। यसपालिको दशैं इराकमा विशेष कार्यक्रम गरेर मनाइने भएको छ। वैदेशिक रोजगारको सिलसिलामा इराकमा पुगेका नेपालीहरूको साझा संस्था कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले दशैं विशेष कार्यक्रमको आयोजना गर्नै भएको हो।
समाजले आगामी अक्टोबर ११ तारिख शुक्रबारका दिन मिलानो हलमा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष कमल वाइबाले जानकारी दिए।
अध्यक्ष कमल वाइबाका अनुसार ‘दशै आइसक्यो हामी प्रवासमा छौँ तैपनि मिलेर रमाइलो गरौं’ भन्ने नारा नै तय गरि यसपालिको दशैं मनाउन लागिएको हो ।
कार्यक्रममा सहभागी हुन् चाहनेहरूको सहजताको लागि नेपाली पार्कदेखि कार्यक्रम स्थलसम्म निशुल्क यातायात सुविधाको पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक निमा शेर्पाले जानकारी दिइन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment