अञ्जु केसी नेतृत्त्वको नेपाली सम्पर्क समितिलाई कोरिया सरकारले दियो वैधानिकता

डिसी नेपाल
९ असोज २०७६ २०:३६

सियोल। अञ्जु केसीको नेतृत्वमा एनसीसीले कोरियन सरकारबाट वैधानिकता पाएको छ। कोरियाका नेपालीहरुको संस्था नेपाली सम्पर्क समिति (एनसीसी) कोरियाले स्थापनाको २५ वर्षपछि वैधानिकता पाएको हो।

दक्षिण कोरिया सरकारको मातहतको निकायमा दर्ता भई संस्थाले वैधानिकता प्राप्त गरेको हो। सन १९९३ मा यहाँका नेपालीहरुको सक्रियतामा स्थापना गरिएको यो संस्थाले यसअघि धेरै पटक दर्ताका लागि प्रयास गरे पनि कानुनी जटिलताका कारण अहिले सम्म वैधानिकता पाउन सकेको थिएन।

अञ्जु केसीको कुशल नेतृत्वको फलस्वरुप धेरै लामो समयको प्रयास पछि अन्तत एनसीसीले कोरियन सरकारबाट बैधानिकता पाएको हो।

एनसीसीको १६ औँ कार्यकालका लागि पहिलो महिला नेत्तृत्त्वको रुपमा चुनिए पश्चात अञ्जु केसीले एनसीसी संस्थालाई जसरी हुन्छ कानुनी मान्यता दिलाउने प्रयास थालेकी थिइन्।

आफ्नो नेतृत्वमा एनसीसीलाई कोरियन सरकारबाट वैधानिकता दिलाउन सकेकोमा अञ्जु खुशी छिन्। अझ सक्रिय रूपमा समाज सेवामा लाग्ने समेत उनले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *