सलमानका बडीगार्डलाई पशुलाई झैं बाँधेर नियन्त्रण गर्नुपर्यो, व्यस्त सडकमा भागाभाग

डिसी नेपाल
१० असोज २०७६ १२:५४

एजेन्सी। उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका बडीगार्ड रहिसकेका युवकले औषधीको ओभरडोज लिएपछि शहरमा उत्पात मच्चाए । युवकले गाडीहरु तोडफोड गरे र बाटोमा हिँडिरहेका बटुवाहरुलाई रामधुलाइ कुटे । शरीर ठूलो र बलियो भएका कारण उनलाई नियन्त्रण गर्न गएको पुलिसको समेत पसिना छुट्यो । अन्ततः उनलाई पशुलाई झैं जालमा फसाएर समात्नुपर्यो ।

यी युवक अनस कुरैसीले बिहीबार बिहान घरबाट निस्किएपछि बाटोमा जो भेटियो उसैलाई कुट्न थालेका थिए । पहिले अनसले एक शिक्षकलाई कुटे त्यसपछि केही सकुुले बालबालिकाको आइडी कार्ड खोलेर आफ्नो घाँटीमा भिरे । त्यसपछि उनले एक वृद्धलाई रोकेर कुट्न थाले । अनसले बाटोमा आएका गाडीलाई रोक्दै तोडफोड गर्न थाले । अनसको यस्तो रुप देखेर मानिसहरु डराए । सडकमा भागाभाग भयो । मानिसहरु पसल बन्द गरेर भाग्न थाले ।

मानिसहरुलाई कुटेपछि अनसले गाडीहरु तोडफोड गर्न थालेका थिए । उनले एक पुलिसकर्मीको समेत मोटरसाइकल पनि तोडफोड गरिदिए । त्यसपछि पुलिस चौकीमा यसबारे खबर पुग्यो । घटनास्थल पुगेको पुलिस बल समेत अनसको रौद्र रुप देखेर डरायो र थानाबाट थप पुलिस बल मगाइयो । यति हुँदा पनि अनसलाई नियन्त्रण गर्न हम्मे हम्मे भयो । अन्ततः पुलिसले अनसलाई जालमा फसाएर समातियो ।

पुलिस उप निरीक्षक राशिद खानका अनुसार अनसलाई हात खुट्टा बाँधेर जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई बरेलीको अस्पताल पठाइएको थियो । पुलिसका अनुसार अनसले कुनै औषधीको सेवन गरेका थिए जसको ओभरडोज भएपछि उनी बाटोमा कुटपिट र तोडफोड गर्दै हिँडेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *