कब्जामा लिएका ब्रिटिश जहाज इरानले मुक्त गर्यो
तेहरान (एजेन्सी) । जुलाइमा इरानले कब्जामा लिएको ब्रिटिश ध्वजाबाहक ट्याङ्करलाई दुई महिनापछि तेहरानले छाडिदिएको छ।
स्टेना इम्पेरो नामक स्विडिश स्वामित्वको पानीजहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा पुगिसकेको र दुबइतर्फ लागेको बताइएको छ।
जिब्राल्टरमा ब्रिटिश नौसैनिकको मद्दतमा एक इरानी ट्याङ्कर कब्जामा लिइएको दुई सातापछि सो पानीजहाजलाई इरानले कब्जा गरेको थियो।
इरानले उक्त ब्रिटिस ट्याङ्करले अन्तर्राष्ट्रिय सामुद्रीक नियम तोडेको हुनाले कब्जामा लिएको बताएको थियो।
तर ब्रिटेनले भने इरानी ट्याङ्कर कब्जामा लिइएकाले बदलास्वरूप दबाव दिन उसको जहाजलाई समातिएको आरोप लगाएको थियो।
सो जहाजलाई स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानी फौजले कब्जामा लिएको थियो।
पानीजहाजको स्वामित्व गर्ने स्वीडिस कम्पनीका प्रमुखका अनुसार त्यसमा सवार चालक दलका सदस्यहरूलाई दुबइमा सोधपुछ गरेर स्वास्थ्यउपचार गरिनेछ।
बीबीसीका रक्षा मामिला सम्वाददाता जनथन मार्कस भन्छन् सो पानीजहाजलाई छाडिदिएपछि ब्रिटेन र इरानबीच एउटा मुद्दा सल्टनेछ तर दुई देशबीच अन्य विवाद बाँकी छन्।
नजानिन जगारी र्याटक्लीफ नामक ब्रिटिश महिलालाई गलत आरोपमा तेहरानले पक्राउ गरिराखेको सन्दर्भमा पनि दुई देशबीच विवाद छ।
अनि विगतमा बेच्छु भनेर पैसा लिइसकेपनि ट्याङ्क तेहरानलाई हस्तान्तरण नगरेको विवाद पनि छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment