ट्रम्पको दावी युक्रेनका पूर्वराष्ट्रपतिद्वारा खण्डन

डिसी नेपाल
१० असोज २०७६ २३:०३

वाशिंगटन् (एजेन्सी) । युक्रेनका पूर्व परराष्ट्रमन्त्री पाब्लो क्लिमकिनले त्यो देशका पूर्व प्रमुख अभियोजनकर्ताको बर्खास्तीका सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको विपरितको प्रतिक्रिया दिएका छन्।

ती अभियोजनकर्तालाई भ्रष्टाचार प्रकरणमा पहिले नै हटाइ सकिएको क्लिमकिनले बीबीसीलाई बताए।

युक्रेनी पूर्व परराष्ट्मन्त्रीको भनाइको ठीक विपरित राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ कुनै प्रमाण पेस नगरिकनै, पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले आफ्ना छोरा काम गर्ने युक्रेनी कम्पनीमा अनुसन्धान गरेको भन्दै ती अभियोजनकर्ताको बर्खास्तीको माग गरेको बताउँदै आएका छन्।

तर क्लिमकिनका अनुसार ती अधिकारीलाई भ्रष्टाचार गरेको आरोपमा सन् २०१६ मै बर्खास्त गरिएको बीबीसीलाई बताएका छन्।

बाइडेन र उनका छोरा हन्टर बाइडेनविरुद्ध ट्रम्पले लगाएको आरोपको युक्रेनमा कोही समर्थक देखिएका छैनन्।

क्लिमकिन पाँच वर्षसम्म युक्रेनको परराष्ट्र मन्त्री थिए।

किएभमा रहेका बीबीसीका जोनह फिशरले भने, ‘ट्रम्पले भोगिरहेको समस्या के छ भने जो बाइडेन र उनका छोरा हन्टर बाइडेनविरुद्ध उनले लगाएको आरोपको युक्रेनमा कोही समर्थक छैनन्।’

उनका अनुसार ती अभियोजनकर्तालाई गरिएको कारबाहीलाई अन्तर्राष्ट्रिय समुदायले समेत समर्थन गरेका थिए। जो बाइडेन आउने राष्ट्रपतीय चुनावमा ट्रम्पका प्रतिद्वन्द्वी हुन्।

उनीविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपतिलाई दबाब दिएको प्रसङ्ग बाहिर आएपछि अहिले ट्रम्पविरुद्ध महाअभियोग लगाउने विषयमा अमेरिकामा बहस चर्किरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *