म्यानमारमा दुर्घटनाका कारण ३६ सयको मृत्यु

डिसी नेपाल
११ असोज २०७६ ६:२४

याङ्गुन । म्यानमारमा सन् २०१९ को पहिलो आठ महिनामा दुर्घटनामा परी कुल तीन हजार ६०२ व्यक्तिको मृत्यु भएको छ। यो अवधिमा अरु कुल १७ हजार ४० जना दुर्घटनाका कारण घाइते भएको पनि अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

देशको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार देशभरी यस अवधिमा ११ हजार ७ दुर्घटना भएका थिए। गत जनवरीदेखि अगस्टसम्ममा दुर्घटनामा परी मृत्यु हुनेको संख्या सवै भन्दा धेरै याङ्गुन क्षेत्रमा रहेको देखिएको छ। यो आठ महिनामा याङ्गुन क्षेत्रमा दुर्घटनाका कारण ४७४ जनाको मृत्यु भएको छ।

त्यसपछि धेरै बागो क्षेत्रमा ४३४ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मण्डलाय क्षेत्रमा ४१४ जनाको मृत्यु भएको छ। यातायात मन्त्रालय अन्तर्गतको सडक यातायात प्रशासन विभाग (आरटीएडी)ले संकलन गरेको विवरणमा यस्तो डरलाग्दो अवस्था देखिएको हो।

यती धेरै दुर्घटना र मृत्यु तथा घाइते हुनेको पछाडी मानवीय त्रुटि नै मुख्य कारण रहेको अधिकारीहरुले जनाएका छन्। सरकारी अधिकारीहरुका अनुसार तीव्र गति, चालकको लापर्वाही, ट्राफिक नियमको उल्लङ्घन, अपरिपक्वतालगायतका कारणले धेरै दुर्घटना हुने गरेका बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *