सास फेर्न गाह्रो भएको भन्दै महिलाले विमानको इमरजेन्सी गेट खोलिदिएपछि…
वुहान। चीनको वुहान शहरको तियान्हे विमानस्थलको रनवेमा उड्न ठिक्क परेको विमानमा त्यतिबेला हल्लाखल्ला मच्चियो जब भित्र बसेकी ५० वर्षकी एक महिलाले अचानक विमानको इमरजेन्सी एक्जिट गेट खोलिदिइन् । महिलाले भित्र आफूलाई सास फेर्न गाह्रो भएकोले गेट खोलेको बताएकी थिइन् ।
त्यतिबेला विमानले उडान भरिसकेको थिएन त्यसैले कुनै किसिमको नोकनी भने भएन । तर, यात्रुको सुरक्षालाई मध्यनजर गर्दै पुलिसले ती महिलालाई गिरफ्तार गर्यो । जियामेन एयरलाइन्सको उडान नम्बर एमएफ ८२१५ वुहानबाट लेनझाउ शहरको लागि उडान भर्न तयार थियो । घटनाको बेला बोर्डिङ प्रक्रिया चलिरहेको थियो । फ्लाइट अटेन्डेन्टले यात्रीलाई इमरजेन्सी गेट नखोल्न चेतावनी दिइसकेका थिए । यो घटनाको कारण उडानमा करिब १ घण्टाको ढिलाइ भयो किनकि गेट बन्द गरेपछि पुनः विमानको सुरक्षा जाँच गरिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment