सास फेर्न गाह्रो भएको भन्दै महिलाले विमानको इमरजेन्सी गेट खोलिदिएपछि…

डिसी नेपाल
११ असोज २०७६ १२:४०

वुहान। चीनको वुहान शहरको तियान्हे विमानस्थलको रनवेमा उड्न ठिक्क परेको विमानमा त्यतिबेला हल्लाखल्ला मच्चियो जब भित्र बसेकी ५० वर्षकी एक महिलाले अचानक विमानको इमरजेन्सी एक्जिट गेट खोलिदिइन् । महिलाले भित्र आफूलाई सास फेर्न गाह्रो भएकोले गेट खोलेको बताएकी थिइन् ।

त्यतिबेला विमानले उडान भरिसकेको थिएन त्यसैले कुनै किसिमको नोकनी भने भएन । तर, यात्रुको सुरक्षालाई मध्यनजर गर्दै पुलिसले ती महिलालाई गिरफ्तार गर्यो । जियामेन एयरलाइन्सको उडान नम्बर एमएफ ८२१५ वुहानबाट लेनझाउ शहरको लागि उडान भर्न तयार थियो । घटनाको बेला बोर्डिङ प्रक्रिया चलिरहेको थियो । फ्लाइट अटेन्डेन्टले यात्रीलाई इमरजेन्सी गेट नखोल्न चेतावनी दिइसकेका थिए । यो घटनाको कारण उडानमा करिब १ घण्टाको ढिलाइ भयो किनकि गेट बन्द गरेपछि पुनः विमानको सुरक्षा जाँच गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *