संसारका सबैभन्दा पाका नाइको १०८ वर्षको उमेरमा निधन, ९६ वर्षदेखि कपाल काटिरहेका थिए

डिसी नेपाल
११ असोज २०७६ १२:५१

न्यूयोर्क। संसारका सबैभन्दा पाका नाइ (बारबर) एन्थोनी म्यानकिनेलीको निधन भएको छ । उनको १०८ वर्षको उमेरमा निधन भएको हो । सिएनएनको समाचार अनुसार ९६ वर्षसम्म लगातार कपाल काट्ने काम गरेका एन्थोनीको १९ सेप्टेम्बरमा निधन भएको हो । विगत ९६ वर्षमा उनले सधैं कपाल काट्ने काम गरिरहे ।

उनको परिवारका अनुसार एन्थोनीले जीवनको अन्तिम क्षणसम्म पनि काम गरिरहे । खासमा उनी कहिल्यै रिटायर हुन चाहँदैनथे । उनी क्यान्सरबाट पीडित थिए । २०१८ मा उनको नाम सबैभन्दा पाका नाइको रुपमा गिनिज बुक अफ वर्लरड रेकर्डसमा दर्ता भएको थियो । उनी ८ वर्षको हुँदा उनको परिवार अमेरिका बस्न गएको थियो । १२ वर्षको उमेरदेखि उनले कपाल काट्ने काम गर्न थालेका थिए । उनले न्यूबर्गमा स्कुलको पढाइ सुरु गरेका थिए तर ग्रयाजुएसन पूरा गर्न भने सकेनन् ।

एन्थोनीका छोराले भने ‘उहाँ पूरै जिन्दगी स्वस्थ रहनुभयो । उहाँ अन्तिम समयसम्म काम गरिरहनुभयो । यही वर्षको फेब्रुअरीमा उहाँलाई क्यान्सर भएको थाहा भएको थियो । त्यपछि उहाँको स्वास्थ्य बिग्रिँदै गयो । उहाँ फेरि काममा फर्किन चाहनुहुन्थ्यो ।’ एन्थोनीले सन् १९२३ देखि कपाल काट्न सुरु गरेका थिए । त्यतिबेला उनी कपाल काटेको २५ सेन्ट लिन्थे । उनले जीवनमा हरेक परिवर्तनलाई स्वीकार गरे र लगातार आफूलाई यो फिल्डको लागि अपडेट र तयार गरिरहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *